९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोरोना विश्व अपडेट : ६ लाख साढे ७० हजार संक्रमितको मृत्यु

विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ लाख ७० हजार नाघेको छ ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार दिएको जानकारीअनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म ६ लाख ७० हजार  ५ सय ४८ जनाको मृत्यु भएको हो ।  

यीसेमत गेर विश्वभर संक्रमितको संख्या १ करोड ७२ लाख ३ हजार ९७३ पुगेको छ । संक्रमितमध्ये बिहीबारसम्म १ करोड ७ लाख १९ हजार १०४ व्यक्ति कोरोनाबाट मुक्त भइसकेको डब्लुएचओले जनाएको छ ।  

अहिले विश्वभरमा ५८ लाख १४ हजार ३ सय २१ संक्रमित भने उपचारमै छन् । तीमध्ये ६६ हजार ३ सय ९६ जनाको अवस्था गम्भीर छ ।  

चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साताबाट सुरु कोरोना संक्रमणका कारण विश्वमै सबैभन्दा बढी अमेरिका पीडित भइरहेको छ । डब्लुएचओका अनुसार त्यहाँ मात्र ४५ लाख ६८ हजार ३७५ व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये १ लाख ५३ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ ।  

प्रकाशित: १५ श्रावण २०७७ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App