९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

डब्लुएचओ भन्छ : कोरोना संक्रमण युवामा बढी देखिन थाल्यो

फाइल तस्बिर

युरोपका लागि डब्लुएचओका निर्देशक डाक्टर हान्स क्लुजले पछिल्लो समय कोरोना संक्रमण युवामा बढी देखिने थालेको बताएका छन् ।  

‘बिबिसी टुडे’ कार्यक्रममा उनले पछिल्लो समय संक्रमितको तथ्यांक अलि फरक (युवा बढी) देखिएको बताएका हुन् । डा. क्लुजले भने, ‘यसको पुष्टि गर्ने पर्याप्त प्रमाण त प्राप्त भइसकेको छैन, तर प्रशासन र स्वास्थ्य अधिकारीबाट हामीलाई प्राप्त रिपोर्टले कोरोना संक्रमित हुनेमा युवाको संख्या बढी देखाएका छन् ।’

यसबारे राखिएको प्रश्नमा डा. क्लुजले दिएका केही उदाहरण यस्ता छन् :  

–जुन महिनाको मध्येतिर स्विडेनमा ४९ वर्षभन्दा मुनिका मानिसमा संक्रमण तीव्र बनेको थियो । अहिले यो क्रम केही घटेको भए पनि १ लाख जना संक्रमितमा २०–२९ वर्षका व्यक्ति छन् ।

–यस्तै आयरल्यान्डमा जुलाई २८ तारिखसम्म देखिएका संक्रमितमध्ये ६० प्रतिशत ४५ वर्षमुनिका छन् ।

–यस्तै इजरायलमा अहिले कोरोना संक्रमण स्कुलहरूमा तीव्र बनेको छ । संक्रमितमा १०–२९ वर्षका व्यक्ति निकै छन् । बिबिसीबाट  

प्रकाशित: १५ श्रावण २०७७ ०९:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App