९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

विश्वमा झन् भयावह बन्दै कोरोना, दैनिक संक्रमण दर अहिलेसम्मकै उच्च

फाइल तस्बिर

विश्वमा कोरोना महामारी झन् भयावह बन्दै गएको छ । शुक्रबार दैनिक  संक्रमण दर अहिलेसम्मकै बढी देखिएको हो ।  

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्लो २४ घण्टामा विश्वभरमा २ लाख ८४ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो एक दिनमा थपिएको संक्रमितको संख्या अहिलेसम्मकै बढी हो ।  

यस्तै पछिल्लो २४ घण्टामा विश्वभरमा ९ हजार ७५३ जनाको मृत्यु भएको छ । यो मृत्यु संख्या पनि अप्रिल ३० यताकै उच्च दैनिक मृत्यु दर भएकाे डब्लुएचओले जनाएकाे छ । 

प्रकाशित: १० श्रावण २०७७ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App