१२ मंसिर २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

भारतमा कोरोना संक्रमित बालबालिकामा देखिए यस्ता अनाैठा लक्षण

दिल्लीका धेरै अस्पतालमा केही महिनादेखि कोरोना भाइरसबाट संक्रमित बच्चामा दुर्लभ रोगका लक्षण देखापरिरहेका छन् । सबभन्दा पहिले यस्तो समस्या मुम्बईमा देखिएको थियो ।  

कावासाकी नामको यो रोगमा शरीर सुन्निने र डाबर आउने गर्छ । मुख्यगरी ५ वर्षभन्दा कम उमेरका बालबालिकामा देखिने यो रोगमा तीव्र रूपमा ज्वरो आउने गर्छ ।  

भारतको अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारअनुसार दिल्लीको सबैभन्दा ठूलो अस्पताल कलावाती सारन अस्पतालमा उपचार गर्न आएका ५–६ बच्चामा ज्वरो, छालामा डाबर, सास लिन गाह्रो, पेटसम्बन्धी समस्या देखापरेको र परीक्षण गर्दा ती सबै बच्चामा कोरोना भाइरसको संक्रमण देखिएको त्यहाँका चिकित्सकले जानकारी दिएका छन् ।  

उक्त अस्पतालका शिशु रोग विभागका अध्यक्ष डा. वीरेन्द्रकुमारले यी लक्षण अन्य भाइरसका कारण पनि हुन सक्छ भने कोरोना संक्रमणसँग सम्बन्धित पनि हुन सक्छन् ।  

‘हामीले ती बच्चा कावासाकी रोगले नै संक्रमित हुन् भनेर ठोकुवा गरिरहेका छैनौं । तर उनीहरूमा त्यो रोगसँग मिल्दाजुल्दा लक्षण देखिएका छन्,’ उनले भने ।  बिबिसी हिन्दी

प्रकाशित: ३ श्रावण २०७७ ११:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App