१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टिन कोरोना फैलाउने माध्यम बनेको भन्दै व्यवस्थित बनाउन आग्रह

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले क्वारेन्टिन कोरोना फैलाउने माध्यम बनेको भन्दै यसलाई व्यवस्थित बनाउन आग्रह गरेका छन्। पार्टीले बनाएको कोरोनापछि उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक समेत रहेका डा. महतले मंगलवार बिहान स्वास्थमन्त्री भानुभक्त ढकालसँगको भेटमा यस्तो आग्रह गरेका हुन्।  

भेटका क्रममा पिसिआर टेस्ट नबढाएको बारे ध्यानाकर्षण गराउँदै पिसीआर टेस्टलाई व्यापक बनाउन आग्रह पनि गरेको उनका सहयोगी अनुराग शाहले जानकारी दिए। डा. महतले स्वास्थ्य सामाग्रीमा भएको अनियमितता बारे छानबिन गरेर यथार्थ तथ्यलाई बाहिर ल्याउन पनि आग्रह गरेको शाहले बताए।

भेटका क्रममा डाक्टर महतले समयमै क्वारेन्टिनलाई ब्यबस्थित गर्न लाग्नुपर्नेमा सरकारले त्यतातिर ध्यान नदिएका कारण कोरोना भाइरस संक्रमितको संख्या अत्याधिक मात्रामा बढेको स्मरण गराए।  

क्वारेन्टिन ब्यबस्थापन गर्न सरकारले स्थानीय तहलाई रकम नदिएकोमा असन्तुष्टि जनाउदै सहमहामन्त्री महतले तत्काल ब्यबस्थापन गर्नका लागि स्थानीय तहलाई रकम दिन पनि स्वास्थ्य मन्त्रीलाई सुझाव दिए। उनको टोलीमा नेपाली कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहन बहादुर बस्नेत, चन्द्र भन्डारी र गगन कुमार थापा, राष्ट्रिय योजना आयोगका पुर्व सदस्य प्रभु बुढाथोकी सहभागी थिए।

प्रकाशित: १६ असार २०७७ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App