३० असार २०७७ मंगलबार
स्वास्थ्य

झापाको अमन फार्मेसीले ताप्लेजुङका लागि दियो स्वास्थ्य सामग्री

झापाको बिर्तामोडमा रहेको अमन फार्मेसीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा क्रियाशिल ताप्लेजुङका स्वास्थ्यकर्मीहरुका लागि बिभिन्न व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  

९ स्थानीय तह र ताप्लेजुङ जिल्ला अस्पताललाई फार्मेसीले दिएको ति सामग्री कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिलाई एकमुष्ट बुझाईएको फार्मेसीले सामग्री व्यवस्थापनका लागि तोकेको फोकल पर्सन डिल्लीरमण पौडेलले जानकारी दिए । उनका अनुसार फार्मेसीले १ हजार २ सय थान सर्जिकल मास्क,१ सय थान सेनीटाईजर र २० थान एन–९५ मास्क र १ हजार २ सय थान निरामाईन ट्याब्लेट ताप्लेजुङका लागि दिएको छ । 

प्रकाशित: १३ जेष्ठ २०७७ १५:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App