२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

रोल्पा आयो स्वास्थ्य सामग्री, आरडिटी परीक्षण गरिने

रोल्पा पुगेका स्वास्थ्य सामाग्रीहरु । तस्बिर:दिनेश/नागरिक

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीको पहलमा स्वास्थ्य सेवा बिभाग मार्फत रोल्पामा कोरोना परीक्षण, नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामाग्री आएको छ । सामाग्री जिल्ला आएसंगै आरडिटी परीक्षण सुरु गरिने भएको छ ।

शनिबार २ हजार थान आरडिटी किट, ५ हजार थान सर्जिकल मास्क र ७५ थान पीपीई सेटसहितका स्वास्थ्य सामाग्री रोल्पा आएको हो । त्यसै गरि एन ९५ मास्क २ सय, ५ सय एमएलको १५ बोतल, थप सेनिटाइजर ३० लिटर, पञ्जा ७ सय ५० जोर, आइ आर थर्मामिटर १० थान छ ।

प्रमुख जिल्ला अधिकारीले उक्त सामाग्री स्वास्थ्य कार्यालय मार्फत रोल्पा अस्पताललाई हस्तान्तरण गरिने बताए । आइतबार जिल्ला प्रसासन कार्यालयमा जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख, नेकपा र कांग्रेस प्रमुख, सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको उपस्थितिमा प्रमुख जिल्ला अधिकारीले उक्त सामाग्री आएको औपचारीक जानकारी दिएका थिए ।  

हालसम्म बाहिरी जिल्लाबाट आएर क्वारेन्टिनमा बसेका ८ हजार १ सय ३२ मध्य ३ सय ५ जनाको मात्र आरडिटी गरिएको छ । थप दुई हजार आरडिटी किट जिल्लामा आईसकेकाले तत्काल परीक्षण सुरु गरिने बताइएको छ । स्वास्थ्य कार्यालय प्रमुख अनिल केसिका अनुसार पहिलो चरणमा भारत र तेस्रो मुलुकबाट आएकाहरुलाई परीक्षण गरिने छ ।  

प्रकाशित: ४ जेष्ठ २०७७ ०८:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App