७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

डोल्पाबाट ११ जनाको स्वाब परीक्षणका लागि सुर्खेत लगियो

डोल्पा- आरडिटी परीक्षणको क्रममा शंकास्पद ब्यक्तिहरुको पिसिआर परीक्षणका लागि डोल्पाबाट ११ जनाको स्वाब लगिएको छ । कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले पठाएको माउण्टेन एयरको हेलिकप्टर मार्फत जिल्लाका ११ जनाको स्वाब सुर्खेत लगिएको हो ।

त्रिपूरा सुन्दरी नगरपालिका ७ को कस्तुरी आधारभुत विद्यालयमा क्वारेन्टाइनमा बसेका ६४ वर्षिय पुरुषमा पहिलो आरडिटि परीक्षण गर्दा पोजेटिभ भएको र पुनः परीक्षण गर्दा नेगेटीभ आएपछि जिल्लाका बिभिन्न क्वारेन्टिनमा बसेका शंकास्पद नागरिकहरुको स्वाब सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले बताए ।

नेगेटिभ–पोजेटिभ–नेगेटिभ देखिएपछि पिसिआर परीक्षणको लागि माउण्टेन एयरको हेलीकप्टरबाट त्रिपूरा सुन्दरी नगरपालिका ७ बाट एक महिला २ पुरुष गरि ३ जनाको, ठुलीभेरी नगरपालिकाको जुफालबाट ३ महिला र २ पुरुष गरि ५ जनाको साथै दुनैबाट ३ महिलाको गरि जम्मा ११ जना शंकास्पद नागरिकको स्वाब पिसिआर परीक्षणको लागि पठाइएको प्रजिअ सुनारले बताए ।

पहाडाका शंकास्पद ब्यक्तिको भने नाक र घाँटीको स्वाब लगिएको छ । सुर्खेतबाट हेलीकप्टरमा एक जना डाक्टर र दुई जना ल्याब अशिष्टेन्ट आएकोमा डाक्टर एक जना ल्याबका कर्मचारी डोल्पा बसेका छन् भने एक जना ल्याबका कर्मचारीे स्वाब लगेर सुर्खेत फर्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षाक नारायण रञ्जितकारले जानकारी दिए ।

जिल्लामा बसेका डाक्टर र ल्याबका कर्मचारीले त्रिपूरा सुन्दरी नगरपालिका र मुड्केचुला गाउँपालिकामा थप परीक्षण गर्ने बताए । डोल्पा जिल्लामा हाल पनि सयौ नागरिकहरु क्वारेन्टिनमा बसेका छन् । नेपालगञ्ज, काठमाणडौ, सुर्खेत लगायतका बिभिन्न शहरबाट स्थानीय सरकारले उद्धार गरेर ल्याएका नागरिकहरुलाई १४ दिन पुगेपछि आरडिटी परीक्षण गरेर घर पठाउने गरेको ठुलीभेरी नगरपालिकाका नगर प्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।

स्थानीय तहले खरिद गरेका कोरोना परीक्षण गर्ने किटहरु बिश्व स्वास्थ्य सँगठनले प्रमाणित नगरेका किटहरु खरिद गरेर ल्याएको हुन सक्ने भन्दै नागरिकस्तरबाट चर्को विरोध हुन थालेको छ । आरडिटी परीक्षणका क्रममा पहाडामा देखिएको पोजेटिभ रिपोर्ट बाहिर आएपछि जिल्लामा हलचल आएको हो । ठुलीभेरीमा समेत त्यस्तै रिपोर्ट आएको थियो केहि चिकित्सक र स्थानीय सरकारका जनप्रतिनिधिले कुरा लुकाएका थिए अब पिसिआर परीक्षणका लागि स्वाब लगियो रिपोर्ट आएपछि मात्रै डोल्पामा ढुक्क हुन सकिने एक जना चिकित्सकले भने ।

तर यस भन्दा पहिला स्थानीय सरकारले गरेको आरडिटी परीक्षणमा भने दुई पटकसम्म रिपोर्ट पोजेटिभ आएको चिकित्सकको दावी छ । यस्तो कुरामा लापरवाही नगर्न चिकित्सकले आग्रह गरेका छन् । जिल्ला प्रशासनले जिल्लाको सबै सुरक्षामा कडाइ गरेको छ भने ठुलीभेरी नगरपालिकाले समेत आफ्नो स्थानीय तहका सबै नाकाहरु शिल गरेको छ ।  

स्थानीय सरकारले खरिद गरेका कोरोना परीक्षणका किटहरु बिश्व स्वास्थ्य सँगठनले प्रमाणित नगरेका किटहरु खरिद गरेर ल्याएको र हचुवाका भरमा परीक्षण गरेको नागरिकको आरोप छ । तर स्थानीय सरकारले कुन र कस्तो किट ल्याएको हो भन्नेबारे जनस्तरबाट स्थानीय जनप्रतिनिधिमाथि प्रश्न उठ्न थालेको छ ।

प्रकाशित: २७ वैशाख २०७७ १५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App