७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

भोजपुरका कोरोना संक्रमितको यस्तो छ यात्रा विवरण

भोजपुर- भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवामा कोरोना संक्रमित युवा मावाली, ससुराली हुदै घर आएको पाइएको छ। साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्लाइटबाट मार्फत काठमाडौं ओर्लिएका उनी त्यसपछि सुनसरी आएको पाइएको छ।

रात्रि बसमा सुनसरीको झुम्का आएका उनी नहडाको साथीसंग आएका थिए। त्यसपछि डेरा गरि बसेका पत्नीलाई भेटन सुनसरी कै चतरामा आएको खुलेको छ। चतराबाट बसमा चढेर परिवार सहित मावाली धरान गइ बसेको देखिएको छ। धरान बजारमा समेत किनमेल गरेको उनको आफन्तले बताएका छन। धरान मावाला, चतरा डेरा र इटहरी साथीहरुसंग घुमेका  उनी ८ दिनसम्म सुनसरी रहेका थिए। सुनसरी पछि उनी ससुराली उदयपुरको मैना मैनि चैत ९ गते गएको पाइएको छ।

 ससुरालीमा २ दिन बसेका उनी ११ गते विहान स्थानीयको मोटरसाइकलमा भोजपुर र  उदयपुरको सीमाना दुधकोशिको चुहारसम्म गए। त्यहाँबाट अर्कै व्यक्तिको सहयोगमा हतुवागढी गाउँपालिका ९ हसनपुरको बार्ताङ्गसम्म आएका थिए। त्यहाँ पनि एक पसलमा खाजा खाएर २ घन्टा बसेपछि अर्को बाइकमा घर होम्ताङ्ग पुगेको पाइएको छ। उनी भोजपुर तरेपछि स्थानीयवासिले गाउँपालिकाको हटलाइन नम्बरमा खवर गरेका थियो। घर पुगेपछि उनी एकान्तबासमा नबसी साथीहरुसंग हिडडुल गरेको पाइएको छ। सामान्य लक्षण समेत नआएको कारण उनी गाउँमा भलिबल खेल्न र सिकार खेल्न गएका थिए। उनको सम्पर्कमा आएकाहरु धेरै भएको हुन सक्ने स्थानीय रिमाल राईले बताए। गाउँको भलिबल खेल्ने सबै ठाउँमा गएको पाइएको छ। गाउँमा एक शिक्षकको मृत्यु भएपछि मलामी समेत गएको स्थानीय अर्थ राईले बताए।

गाउँमा त्रास

वैदेशिक रोजगारीबाट फर्किएका एक युवामा कोरोना संक्रमण भए पछि स्थानीय त्रासमा छन। संक्रमित युवा घर भन्दा वढि गाउँ घरमा हिडेको पाइएपछि उनीहरु त्रसित बनेका हुन। गाउँलाई नै सिल गरेर कोरोना परीक्षण गर्न स्थानीयवासिले माग गरेका छन। गाउँमा उनीसंग सामाजिक सम्पर्कमा रहेका व्यक्तिहरुको पिसिआर नै परीक्षण गर्न आफुहरुको माग रहेको स्थानीय रिमाल राईले बताए। हतुवागढी गाउँपालिकाले भने गाउँपालिका बासिलाई संयम र सतर्क रहन अनुरोध गरेको छ। हर प्रयास र सावधानीको बावजुद १ जनामा कोरोना भाईरस पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए।  गाउँपालिकाले उनको उपचार र उनीसंग नजिक भएका परिवार लगायत अन्यमा यथासिघ्र स्वास्थ्य परीक्षण गरिने व्यबस्था भैरहेको बताए।

प्रकाशित: १२ वैशाख २०७७ ०२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App