१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले बाड्यो पीपीई

ताप्लेजुङ- कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले यहाँका सबै स्थानीय तह र स्वास्थ्य संयोजन गर्ने निकायलाई समानुपातिक रुपमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री (पीपीई) वितरण निर्णय गरेको छ।

समिततिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको पहलमा प्राप्त भएका भएका पीपीईलाई समानुपातिक रुपमा वितरण गर्ने निर्णय गरेको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समिति संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले जानकारी दिए। प्राप्त ३५ थान चाइनिज पीपीईमध्ये ९ स्थानीय तहलाई ३–३ थान तथा नेपाल आर्मी, जिल्ला प्रहरी, सशस्त्र प्रहरी र तमोर अस्पताललाई २–२ थानका दरले दिईने छ।

यस्तै २५ थान नेपाली पीपीई ९ स्थानीय तहलाई १–१ वटाका दरले ९ थान तथा ताप्लेजुङ जिल्ला अस्पताललाई १० थान,नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई १–१ थान र नेपाल आर्मी र कोभिड नाइन्टिन डेडिकेटेडका लागि छानिएका २ वटा एम्बुलेन्सलाई २–२ थानका दरले दिईने भएको छ। यस्तै प्राप्त ३५–३५ थान चश्मा र गमबुट मध्ये ९ स्थानीय तहलाई १–१ सेट,जिल्ला अस्पतालाई १०,नेपाल आर्मीलाई ४ र नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई ३–३ र तमोर अस्पताल र कोभिड नाइन्टिन डेडिकेटेडका लागि छानिएका एम्बुलेन्सलाई २–२ थान वितरण गरिने छ। २–२ चश्मा र गमबुट थान कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समिति मौज्दात रहने छ। १ सय थान टोपी मध्ये ९ स्थानीय तहलाई जनही ४ वटाका दरले ३६ थान, जिल्ला अस्पताललाई १०, नेपाल आर्मीलाई ४, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ३–३ र कोभिड नाइन्टिन डेडिकेटेड एम्बुलेन्स र तमोर अस्पताललाई २–२ थान दिईने छ। ४० थान टोपी पनि मौज्दात रहने छ।

सेनिटाईजर ,माकस्क र गलोब्स प्याक पनि समानुपाति तवरले वितरण गरिएको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए। ९ स्थानीय तह बाहेक नेपाली सेनाको यहाँस्थित नयाँ रणभीम गुल्म, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटर र तमोर अस्पताल प्रालिमा पनि क्वारेन्टाइन तथा आइसोलेसन कक्ष निर्माण भएका छन्।

प्रकाशित: २९ चैत्र २०७६ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App