७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

गर्भवती– सुत्केरी महिलालाई घरघरमै पौष्टिक आहार

सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार तथा राहत वितरण गर्दै उपमेयरको टोली। फोटो : नागरिक दैनिक

तेह्रथुम – जिल्लाको म्याङ्लुङ नगरपालिकामा नगरभित्रका सुत्केरी र गर्भवती महिलालाई पौष्टिक आहार तथा राहत वितरण सुरु गरेको छ। गरिब परिवारलाई लक्षित गरि उपमेयर कार्यक्रम मार्फत सुत्केरी महिला नवजात शिशु  पोषण तथा गर्भभती स्वास्थ्य जाँच सचेतना तथा राहत बितरण कार्यक्रमबाट उपमेयर सहितको टोली घरघरमा पुग्ने गरेको हो।

कोरोना भाईरसका कारण देश लकडाउन गरिएको बेलामा सुत्केरी र गर्भवती महिलाहरुलाई विभिन्न समस्या हुन सक्ने भन्दै नगरपालिकाकी उपमेयर पार्बती सानुडागीले घरघरमा पुगेर पौष्टिक आहार तथा राहत वितरण गरेकी हुन्।  उपमेयर पार्बतीसानु डागी सहित स्वास्थ्य कर्मीहरुको टोलीले स्वास्थ्य परिक्षणसंगै चामल, तेल, हर्लिक्स, आईरन चक्की र न्यानो कपडा प्रदान गरेको छ। 

अभियान अन्र्तत शनिबार  म्याङलुङ नगरपालिका वडानम्बर ७ र ८ का २० जना सुत्केरी र गर्भवति महिलालाई  घरमै भेटेर राहत प्रदान गरेका छन् भने शनिबार म्याङलुङ नगरपालिका वडा नं. १ का ७ जना सुत्केरी तथा गर्भवती महिलालाई राहतप्रदान गरिएको हो। यो कार्यक्रम नगरपालिकाका सबै वडाहरुमा वितरण गरिने छ।म्याङलुङ नगरपालिकाले नगरपालिका भित्रका ज्यालामजदुरी गरेर जिबिको पार्र्जन गर्ने परिवारलाई राहत वितरण सु गरेको छ। नगरपालिकाले कोरोना भाईरसका कारण देश लकडाउन हुदा ज्यालामजदुरी गरेर खानेपरिवारको जिबिको पार्जनमा समस्या भएको भन्दै नगरपालिकाको कोरोना भाईरस नियन्त्रण समन्वय समितिको बैठकको निर्णय अनुसार वडा कार्यालयको सिफारिस अनुसार सबै वडाहरुबाट आएको नामावली अनुसार राहत वितरण सुरु गरेको हो। 
 
राहत वितरण कार्यक्रम अनुसार नगरपालिकाकाले आज वडा नं.  ६ को वडा कार्यालयमा मेयर सञ्जय कुमार तुम्बाहाङफले र वडा अध्यक्ष ईन्द्र लिम्बुले सयुक्त रुपमा राहत वितरण गरेका छन्। अध्यक्ष लिम्बुका अनुसार शनिबार ८० जनालाई राहत वितरण गरिएको छ। यस्तै म्याङलुङ वडा नं. १० ले पनि शनिबार वडाका विभिन्न टोलटोलमा पुगेर राहत वितरण  गरेको छ।

वडानम्बर १० का अध्यक्ष होम बहादुर खापुङ र मेयर सञ्जय कुमार तुम्बाहाङफेले संयुक्त रूपमा वडाका विभिन्न टोलटोलमा पुगेर ज्याला मजदुरी गर्ने परिवारलाई प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी नुन र एक पोका तेल वितरण गरेको वडाअध्यक्ष होम बहादुर खापुङले जानकारी दिए। नगरपालिकाले शनिबार सम्ममा करिब १ हजार  बढी बिपन्न परिवारलाई राहत बितरण गरेको छ। म्याङलुङ नगरपालिकाले यसअघि वडा नं. २, ३, ४, ५, ७, ८ र ९ राहत वितरण गरि सकेको मेयर सञ्जय कुमार तुम्बाहाङफेले जानकारी दिए।

प्रकाशित: २३ चैत्र २०७६ ०३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App