१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

संक्रमित युवतीसँगै कतारबाट फर्किएका खोटाङका दुई जना क्वारेन्टाइनमा

खोटाङ– कोरोना संक्रमित युवतीसँगै कतारबाट फर्किएका खोटाङका दुई जनाको पहिचान भएको छ। गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतीसँगै यात्रा गरेका केपीलासगढी गाउँपालिका घर भएका राई थरका युवा धरानमा क्वारेन्टाइनमा बसिसकेको र जन्तेढुंगा गाउँपालिका–३ काहुलेका राई थरकै अर्का युवालाई पनि सेल्फ क्वारेन्टाइनमा राखिएको छ।

काहुलेका युवालाई जन्तेढुंगा गाउँपालिका अध्यक्ष शंकर राई, मेडिकल अधिकृत सरोजकुमार शाह लगायतको टोली बुधबार साँझ घरैमा पुगेर सेल्फ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको हो। उनलाई र उनका परिवारलाई १४ दिनसम्म छरछिमेकीसँग सम्पर्क तथा भेटघाट नगर्नेगरी स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए। सो अवधिसम्म वरपरका छिमेकीलाई समेत उनको सम्पर्कमा नजान भनिएको छ। यस अवधिमा उनलाई प्रहरीले समेत निगरानी गर्ने पोखरेलले बताए।

क्यूआर ६५२ कलसाईनको कतार एयरवेजमार्फत फर्किएकी युवतीलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि उनीसँगै नेपाल आएर जिल्ला भित्रिएका युवाका कारण संक्रमणको त्रास छाएको थियो। युवतीसँगै नेपाल आउने मध्येमा दुई जना खोटाङका थिए।

प्रकाशित: १३ चैत्र २०७६ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App