१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वस्थ जीवनशैली अपनाउन स्वास्थ्य मन्त्रीको आग्रह

कोशी प्रदेशका पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले स्वास्थ जीवनशैली अपनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् । आज स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको स्वास्थ्य प्रबर्द्धन सेवा सम्बन्धी  संचारकर्मी, स्वास्थ्यकर्मी र सरोकारवालासँगको पैरवी कार्यक्रममा यस्तो बताएका हुन् ।  

पछिल्ला वर्षहरूमा औषधिको खपत अत्याधिक बढिरहेको मन्त्री राईले बताए । उनले आफ्नो जीवनलाई स्वच्छ रुपमा विताउन नजान्दा पछिल्लो समय विरामी हुने क्रम बढेको र औषधिको अत्याधिक खपत भइरहेको मन्त्री राईको भनाइ छ । 

राईले विद्यालय र अस्पताल जति खोलेपनि चल्ने, जहाँ पनि भीड लाग्ने अवस्था अहिले देखिएको बताए । मन्त्री राईले भने‘ तीनै तहका सरकारले औषधि खरिद बढाइ रहेको तर , जहाँ पनि औषधि अभाव भएको मात्रै गुनासो आउने गरेको छ ।’ अब, औषधि उपचारमा धेरै पैसा खर्च गर्ने भन्दा पनि खानपान र जीवनशैलीमा सुधार आबश्यक रहेको धारणा राखे ।  

मन्त्री राईले औषधि उपचारमा भन्दा पनि रोग लाग्नै नदिने तर्फ ध्यान दिन आग्रह गरे । उनले आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले रोग लाग्न नदिन ‘मेरो स्वास्थ्य मेरै जिम्मेवारी ’ अभियान सञ्चालन गर्ने तयारी गरेको बताए ।  

प्रकाशित: २३ असार २०८२ २०:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App