२९ असार २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

अस्पतालमै चिकित्सकहरूकाे धर्ना

उपभोक्ता अदालतले चिकित्सकीय त्रुटि माथि सुनाएको क्षतिपूर्तिको फैसला प्रक्रियामै त्रुटि रहेको जनाउँदै चिकित्सकहरू प्रदर्शन गरेको छ।

नेपाल चिकित्सक संघले आइतबार अस्पतालभित्रै धर्ना दिएर विरोध प्रदर्शन गरेको हो । संघले गत शुक्रवारदेखि नै विभिन्न खालको असहमति जनाउँदै विरोध गरिरहेको छ।

सबैजसो अस्पतालमा कार्यरत चिकित्सकले आ–आफ्नो अस्पताल हातामा एक घण्टा धर्ना दिएका हुन । संघले गत शुक्रवारदेखि नै विरोध प्रदर्शन सुरु गरेको हो । शुक्रवार हातमा कालोपट्टि बाँधेर सेवा प्रदान गरेका थिए ।

अदालत र नेपाल काउन्सिलको कानुनी प्रक्रियामा एक रुपता हुने गरी सम्बोधन नआएसम्म विरोध जारी राख्ने भन्दै संघले शुक्रवार थप विरोध कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रम अन्तर्गत सोमवार अर्थात असार २३ गते देशभरका अस्पतालहरुमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने,चिकित्सकको हस्ताक्षर संकलन गरी केन्द्रीय कार्यालय काठमाडौंमा पठाउने र सबै चिकित्सकले अनुमति प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा बुझाउने कार्यक्रम रहेको छ ।

गत चैतमा बनेको उपभोक्ता अदालतले पालैसँग अस्पताल र चिकित्सक माथि उपचारमा लापरबाही ठहर भएको भन्दै क्षतिपूर्तिको फैसला गरेपछि संघले आपत्ति प्रकट गरेको हो ।

पहिलो फैसला लगत्तै सरोकारवाला निकायमा आपत्ति जनाएको तर सुनुवाइ नहुँदा थप फैसलाहरू प्नि प्रक्रिया नपुगी  हुन थालेको संघले जनाएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले उपचारको क्रममा चिकित्सकबाट हुने त्रुटिको लागि आवश्यक कानुनी प्रक्रियाको लागि विज्ञ निकायको प्रतिवेदनलाई आधार मानेर मात्र अदालतको प्रक्रिया अघि बढ्नु पर्नेमा त्यो विना वा रायलाई बेवास्ता गरी फैसला गर्नुले चिकित्सक माथि अन्यायपूर्ण रुपमा  क्षतिपूर्तिको व्यवस्था भएको  बताए । 

प्रकाशित: २२ असार २०८२ १६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App