लहान नगरपालिकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरको २४ वटै वडामा ूखोज र खोपू अभियान सञ्चालन गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित गराइएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।
गत फागुन महिनादेखि यो अभियान सुरू गरिएको थियो । यस अभियानअन्तर्गत ३५ सय ३९ बालबालिकालाई १३ प्रकारको खोप लगाएको स्वास्थ्य शाखाका प्रमुख विन्देश्वर चौधरीले जानकारी दिए ।
उनका अनुसार १६ देखि ५९ महिना सम्मका बालबालिकालाई खोप लगाएको छ । विसिजि, डिपिटि, पोलियो, हेवि, एमआर, जेईलगायतका खोप लगाएको उनले बताए ।
हाल नगरपालिकामा २४ वटा वडाको १६ वटा स्वास्थ्य केन्द्रबाट खोप सेवा दिइएको थियो । स्वास्थ्य केन्द्रमा आउन नसकेका बालबालिकाहरूलाइ खोजेर खोप लगाइएको थियो नगर प्रमुख चौधरीले भने,'खोपको सुनिस्चितता भएपछि भविष्यमा लाग्न सक्ने रोगबाट बालबालिकालाई जोगाउन मद्दत पुग्ने पुग्नेछ ।'
प्रकाशित: १९ असार २०८२ १५:४१ बिहीबार





