१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

७० प्रतिशत नेपाली जोडीमा यौन दुर्वलता

नेपालमा विवाहित जोडीमध्येमा ७० प्रतिशत यौन दुर्वलता रहेको पछिल्लो एक अध्ययनले औल्याएको छ।

सन् २०२४ मा सोलिड नेपाल- स्थानीय एकीकृत समाज नेपाल र परिवारकल्याण महाशाखा र संयक्त राष्ट्रसंघीय विकास कोषको सहयोगमा भएको अध्ययनले यस्तो तथ्यांक प्रस्तुत गरेको हो। सोमबार एक कार्यक्रमकान बिच अध्ययन सार्वजनिक गरिएको हो।  

यौन दुर्वलता भएका जोडी मध्येमा ७२ पुरुष छन् भने ६७ प्रतिशत महिला। तीन वटै भौगोलिक क्षेत्रका ३४ जिल्ला र ३३ सय ८२ जना जोडीलाई नमुना बनाइ अध्ययन गरिएको थियो।

आपसी यौन दुर्वलताका कारण दाम्पत्य जीवनमा झै–झगडा, सम्बन्धविच्छेद, यौन हिंसा, घरेलु हिंसा तथा अन्य खालका हिंसात्मक क्रियाकलाप समेत हुने गरेको अध्ययनका संयोजक डा. खेम कार्कीले बताए।  

मानसिक तनाव, अस्वस्थ खाना, नसर्ने रोगहरूको वृद्धि जस्ता कारणले यो रोग बढेको अध्ययनले देखाएको छ। यसको निमित्त स्वस्थ खाना, सरकारले एकीकृत प्रणालीभित्र यौन दुर्वलताको उपचार गर्ने गरी नीति निर्माण गर्न अध्ययनले सुझाएको छ।

प्रकाशित: २ असार २०८२ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App