१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

प्रसुतिका क्रममा चरम लापरवाही, आमा मृत्युको कारण ७२ प्रतिशत शल्यक्रिया

विकसित राष्ट्रमा प्रतिहजार प्रसुति मध्येमा बढीमा चार जना आमाको मृत्यु हुन्छ । तर नेपालमा भने यसको स्थिति अत्यारलाग्दो रहेको छ । समयमा नै उपचार नपाएरमात्र हैन उपचारका क्रममा लापरवाहीका कारण पनि आमाहरूको मृत्यु हुने गरेको छ । अवस्था सुधारका लागि सरकारले विकट क्षेत्रलाई प्राथमिकतामा राखेर प्रयास गरिरहेपनि सोचेअनुसारको प्रतिफल भने पाउन सकिरहेको छैन । सुगम क्षेत्रमा पनि अवस्था सन्तोषजनक नरहेको जानकारहरु बताउँछन् ।  

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा प्रतिहजारमा १५१ जना सुत्केरीको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । सुत्केरीको जटिलता, स्वास्थ्यमा पुग्न ढिला भएर र सुत्केरीपछि हुने जटिलताको कारण उनीहरुको मृत्यु हुने गर्छ ।  

नेपाल मातृत्वमृत्यु अध्ययन २०७८ को तथ्यांकअनुसार मृत्युको कारण ७२ प्रतिशत शल्यक्रिया हुने गरेको छ । प्रसुतिमा हुने मृत्युमध्येमा २ प्रतिशत औजार उपकरणको कारण र सामान्य प्रसुतिको कारण २६ प्रतिशत सुत्केरीको मृत्यु हुने गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो समय निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा अपे्रशनवाट हुने प्रसुति बढेको छ । निजीको सबैभन्दा बढी र मेडिकलमा यसको समस्या बढी पाइएको छ । पछिल्लो समय अभ्यासरत चिकित्सकका लागि, आर्थिकलाभको कारण यस्तो अपे्रशनवाट हुने प्रसुति बढी भएको जनशक्तिविद् डा. लक्ष्मी तामाङ बताउँछिन् ।  

पछिल्लो समय दैनिक सयौको संख्यामा सुत्करी गराउने प्रसुति गृहमा पनि ३९ प्रतिशत प्रसुति अपे्रशनवाट हुने गरेको छ । आमा र शिशु दुवैका लागि स्वास्थ्यको जोखिम हुने भएकोले सकेसम्म हेरचाहको साथ सामान्य प्रसुति हुनु पर्ने तामाङ बताउँछिन । उनका अनुसार हालै नर्वेमा प्रसुतिबाट जन्मिएका ३५ हजार बच्चा मध्येमा ५० प्रतिशतमा पछि गएर दम रोग भएको पाइएको छ ।  

यस्तो समस्या खोजेमा काठमाडौमै भेटिन सक्ने डा.तामाङको दाबी छ । तर यस्तो अध्ययन नेपालमा नभएकोले यकिन तथ्यांक बाहिर भने आउन सकेको छैन ।  

यो बाहेक शल्यक्रियावाट जन्मेको शिशुमा प्रतिरक्षा प्रणाली पनि कमजोर हुने लगायत जटिलता आउने जोखिम हुन्छ । ‘सामान्य रुपाम जन्मिदा बच्चाले आमाको योनीद्वारमा हुने व्याक्टेरिया सम्पर्क हुन्छ, यस्तो व्याक्टेरियाको कारण शिशुमा रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ’ डा.तामाङले भनिन ।

तथ्यांक अनुसार बागमती प्रदेशमा घरमा ४० प्रतिशत, बाटोमा २८ प्रतिशत र ढिलाइका कारण ३७ प्रतिशत महिलाको मृत्यु हुने गरेको छ । गैरप्रसुतिजन्य कारणहरु गर्भावस्थामा हुने मधुमेह, उच्चरक्तचाप, सुत्केरीपछिको आत्महत्या, गर्भपतनको कारण पनि धेरै आमाको मृत्यु हुने गरेको छ । 

मृत्यु हुनुको अन्य कारणमा गैरप्रसुतिजन्य शल्यक्रिया ५२ प्रतिशत, प्रसुतिको बेलामा हुने उच्च रक्तश्राव, उच्च रक्तचाप ६ प्रतिशत, आत्महत्या ५ र गर्भपतन ३ र गर्भाअवस्था संक्रमणको कारण ३ प्रतिशत सुत्केरीको मृत्यु हुने गरेको छ । शल्यक्रियावाट प्रसुति हुँदा आमाको पछि गएर आमाको स्वास्थ्यमा पनि जटिलता आउन सक्ने चिकित्सक बताउँछन् ।

यो पनि पढ्नुहोस्

चिकित्सकको लापरबाही, महिलाको पिसाब थैलीमा प्वाल

प्रकाशित: २ जेष्ठ २०८२ १९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App