१० पुस २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकूलपतिमा शर्मा

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जिवकुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको छ।

प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष शर्मालाई प्रतिष्ठानको दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्य गर्ने अधिकारसहित जिम्मेवारी दिइएको हो।

नयाँ उपकुलपति सिफारिश भइ नियुक्ति नभएसम्मका लागि निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको प्रतिष्ठानका प्रवक्ता प्राडा अन्जु प्रधानले जानकारी दिइन्।

शिक्षाध्यक्ष शर्माले यसअघि पनि निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालेका थिए। डा ज्ञानेन्द्र गिरीको उपकुलपतिको कार्यकाल गत चैत २६ गते समाप्त भएको थियो। रासस

प्रकाशित: ८ वैशाख २०८२ ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App