२७ चैत्र २०८१ बुधबार
image/svg+xml २:४० पूर्वाह्न
स्वास्थ्य

कटारीमा आँखा शिविरबाट ५ सय ६ जना लाभान्वित

आँखा शिविरमा सहभागी आयोजक चिकित्सक तथा समन्वयकर्ताहरू। तस्विरः महेश्वर

उदयपुरको कटारीमा बुधबार एकदिने आँखा शिविर सम्पन्न भएको छ। अस्ट्रेलियन रोटरी क्लब र धुलीखेल रोटरी क्लबको आयोजना र कटारी चेम्बर अफ कमर्सको संयोजनमा शिविर सम्पन्न भएको हो।

कटारी नगरपालिका १ बेलसोतस्थित माध्यमिक विद्यालय कालीखोलामा आयोजित निःशुल्क शिविरमा ५ सय ६ जना स्थानीय लाभान्वित भएका छन्। कटारी रोटरी क्लबका अध्यक्ष पवन श्रेष्ठका अनुसार शिविरमा २ सय ३० पुरुष र २ सय ७६ महिलाले आँखाको निःशुल्क परीक्षण सेवा पाउनुका साथै औषधि र चश्मा पनि प्राप्त गरेका छन्।

शिविरमा अस्ट्रेलियबाट आएका वरिष्ट आँखा विशेषज्ञहरूले स्थानीयको आँखा जाँच कार्यमा सहजीकरण गरेका थिए। शिविरमा २ सय ९८ जनाको आँखा अप्रेसन गर्नुपर्ने अवस्था भएको पत्ता लागेको छ। उनीहरूलाई हाल निःशुल्क चश्मा वितरण गरिएको र केही समयपछि महोत्तरीको ढल्केवरस्थित द रेयुकाईले सञ्चालन गरेको आँखा अस्पतालमा अप्रेसन गर्ने अध्यक्ष श्रेष्ठले बताए।

कटारी नगरपालिकाको व्यवस्थापकीय सहयोग रहेको शिविरमा कटारी नगरपालिकाका विभिन्न वडा तथा छिमेकी स्थानीयतहबाट पनि आँखा जचाउन आएको अध्यक्ष श्रेष्ठले बताएका छन्।

प्रकाशित: २२ फाल्गुन २०८१ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App