६ चैत्र २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

रोगहरुविरुद्ध सचेतना जगाउन विद्यालय स्वास्थ्यदूत कार्यान्वयनमा आउने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले विद्यालयहरुमा विद्यालय स्वास्थ्य दूत नियुक्त कार्यान्वयन गर्ने बताए । 

बुधवार बुटवल कालिका बहुमुखी क्याम्पसले विद्यार्थीको अनलाइन पढाइका लागि निर्माण गरेको डिजिटल स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य सम्वन्धी जनचेतना जगाउन विद्यालयमा स्वास्थ्य दूत नियुक्ति गरेर सचेतना समुदाय स्तरमा पुर्‍याउने कार्य प्रारम्भ भएको बताए ।

‘हाम्रा विद्यालयहरुमा स्वास्थ्य शिक्षा अनिवार्य र पाठ्यक्रम सुधारका लागि शिक्षा मन्त्रालयसँगसमेत सहकार्य गरिरहेका छौं,’ मन्त्री पौडेलले भने, । मन्त्री पौडेलले बिद्यालय शिक्षाको माध्यमवाट नागरिकको स्वस्थ जीवनशैली प्रभावकारी बिधि प्रवर्धन गरेर नागरिकलाई  स्वस्थ बनाउने प्रयास गरिने बताए ।

मन्त्री पौडेलले नागरिकका स्वास्थ्य उपचारसम्बन्धी विवरण पटक पटक जाँच गर्नु नपर्ने गरी बिद्युतीय चिकित्सा प्रणाली कार्यान्वयनको चरणमा रहेकोले यसले पनि स्वास्थ्य क्षेत्रमा अर्को योगदान दिने बताए ।

नेपालमै सरकारी क्याम्पसहरुमध्येमा अनलाइन पठनपाठनका लागि पहिलो दावी गरिएको स्टुडियोका माध्यमबाट भौतिक कक्षामा उपस्थित हुन नसक्नेलाई अनलाइनमार्फत भिडियो कक्षामा सहभागी गराइने क्याम्पसले जनाएको छ ।

स्टुडियोको उद्घाटन गर्दै मन्त्री पौडेलले आफू नेतृत्वमा आए पछि संघीय अस्पतालहरुको सेवामा सुधार आएको र नागरिकका जटिल रोगको उपचार सेवा विस्तार तथा सुधार भैरहेको बताए । ‘हामीले स्वास्थ्य सेवा सुधारमा इमान्दार प्रयास गरिरहेका छौं । र पहिले भन्दा केही परिवर्तन भएको पनि छ,’ मन्त्री पौडेलले भने, ‘रोग लाग्न नदिन निरोधात्मक विधिसमेत प्रवद्र्धन गरिरहेका छौं ।’  

क्याम्पस प्रमुख घनश्याम पाठकले डिजिटल प्रविधिबाट कक्षा आउन नसक्नेलाई समेत ध्यानमा राखेर थालिएको भिडियो अनलाइन कक्षा सरकारी क्याम्पसहरुमा पहिलो भएको दावी गरे ।

प्रकाशित: २१ फाल्गुन २०८१ १८:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App