यति तपाईं पर्याप्त र आरामदायी निन्द्रा निदाउन सक्नु हुन्न वा पाउनु हुन्न भने कालान्तरमै मानसिकदेखि शारिरिक धेरै समस्याबाट पीडित बन्दै हुनुहुन्छ।
एक अध्ययनका अनुसार निद्रा अपर्याप्त हुँदा मानव मस्तिष्कले आफैँलाई क्षति पुर्याउन सुरु गर्छ जसले मानसिक र शारिरिक समस्या निम्तन्छ।
तपाईं हाम्रो मस्तिष्कले आफैंलाई सफा गर्ने गर्छ। यो भनेको मस्तिष्कको “सेल्फ–क्लिनिङ” प्रक्रिया हो। तपाईं निदाउनु हुन्न वा निन्द्रा पर्दैन भने अब यो प्रक्रियामा असर गर्छ। “अटोफेजी” भनिने यो प्रक्रियामा मस्तिष्कले आफ्ना पुराना, क्षतिग्रस्त र काम नलाग्ने कोषलाई हटाउने गर्छ। तर, जब तपाईं निदाउनु हुन्न यो प्रक्रिया अत्यधिक बढेर जान्छ र पुराना, क्षतिग्रस्त र काम नलाग्ने कोषका साथै मस्तिष्कले स्वस्थ कोष पनि भटाभट नष्ट गरिदिन थाल्छ।
यसरी स्वस्थ कोष नै नष्ट भएपछि तपाईं हामीमा अल्जाइमर र पार्किन्सन्स जस्ता मस्तिष्क सम्बन्धी रोगको जोखिम बढेर जान्छ। निद्राको अभावले शारीरिकका साथै मस्तिष्कको दीर्घकालीन स्वास्थ्यमा पनि गम्भीर असर गर्छ।
तपाईं हामीले अनुभव गरेकै हो, अघिल्लो रात मज्जाले निदाउन पाइएन वा निन्दा परेन भने अर्को दिन शरिर आलस्य बन्छ, अल्छीपन बढी हुन्छ, केही गर्न मन लाग्दैन। यो भनेको मस्तिष्कको कार्यक्षमता घटेको हो। जब मस्तिष्क चंगा हुँदैन तब चिन्ता र डिप्रेसन जस्ता मानसिक समस्या आउँछन्। यसले मुड अफ गराउँछ। एकाग्रता, स्मरण शक्ति, र निर्णय क्षमतामा कमी आउँछ।
तपाईंलाई निन्द्रा पर्दैन वा कम सुत्ने गर्नु भएको छ भने रोग प्रतिरोधक क्षमता पनि विस्तारै गुमाउँदै जानु हुन्छ। इम्युन सिस्टमलाई कमजोर बनाउँदै हुनुहुन्छ। यसले सामान्य चिसोमा पनि रुघाखोकी लाग्ने, हातखुट्टा र शरिर कटकट खाने, मौसमी फ्लु र अन्य सङ्क्रमणको जोखिम बढ्ने हुन्छ।
त्यसैले एक स्वस्थ र वयस्क व्यक्तिले दिनमा ७–८ घण्टा मस्तले निदाउनु पर्ने चिकित्सकहरूको सुझाव छ।
प्रकाशित: १२ फाल्गुन २०८१ १३:१२ सोमबार





