१७ माघ २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

आँखा शिविरबाट पाँच सय जना लाभान्वित

शुक्लाफाँटा नगरपालिका–१० मा  बुधबार सञ्चालन भएको आँखा शिविरबाट पाँच सय १४ जना लाभान्वित भएका छन्।

गेटा आँखा अस्पतालको आयोजनामा भएको शिविरमा निःशुल्क नेत्र परीक्षण, परामर्श दिनाका साथै औषधि वितरण पनि गरिएका अस्पतालका नेत्र चिकित्सक नरेन्द्र विष्टले बताए। “मोतियाविन्दु भएका ९५ जना बिरामीको निःशुल्क रूपमा अस्पतालमा शल्यक्रिया गर्ने व्यवस्था मिलाएका छौँ”, उनले भने, “अस्पताल ल्याउने लैजाने व्यवस्था पनि निःशुल्क रूपमा गरिने छ।”

कमजोर दृष्टि भएका बिरामीलाई न्यूनतम शुल्क लिएर चस्मा पनि वितरण गरिएको थियो। शिविरमा नेत्र परीक्षण गराउनेमध्येमा ७५ प्रतिशत महिला थिए।  

प्रकाशित: ८ फाल्गुन २०८१ ०९:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App