१२ माघ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

बाँकेमा भेटिए ३६ जना नयाँ कुष्ठरोगी

नेपालगन्जस्थित आईएनएफ नेपाल बाँकेको साईनिङ अस्पतालमा उपचार गराईरहेका कुष्ठरोग संक्रमित। तस्बिर : अर्जुन ओली/नागरिक

बाँकेमा यसवर्ष ३६ जना नयाँ कुष्ठरोग संक्रमित फेला परेका छन्।  जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ को साउनदेखि मंसिर महिनासम्म २३ जना पुरुष र १३ जना महिला गरी ३६ जना फेला परेका हुन्।  

स्वास्थ्य कार्यालय बाँकेका कुष्ठरोग फोकल पर्सन रविन्द्र शाहले दिएको जानकारी अनुसार सबैभन्दा बढी कोहलपुरका १० जना रहेका छन्।  कुष्ठरोग संक्रमितले सम्बन्धित स्वास्थ्य संस्थाबाट औषधी सेवन गरिरहेको फोकल पर्सन शाहले बताए।  आईएनएफ नेपाल बाँके साईनिङ अस्पतालका ईन्चार्ज मंगलबहादुर चौधरीले आईएनएफ नेपाल बाँकेले कुष्ठरोग विरुद्ध औषधी उपचार, जनचेतना अभिवृद्धि लगायत धेरै काम गरेको बताए। 

उनका अनुसार अस्पताल मार्फत आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा ९ हजार ६ सय १४ जनालाई बहिरंग सेवा दिइएको छ।  यस्तै बाँकेसहित बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, दाङ, सल्यान, रुकुम, सुदूरपश्चिम प्रदेश र भारतका गरी कुल ५८ जना नयाँ कुष्ठरोगी पहिचान तथा प्रेशन गरिएको छ। 

यसैगरी ७९ जना अन्तरंग सेवामा भर्ना, ४ सय ७३ जनालाई कुष्ठरोगी निदान तथा अनुगमनको लागि प्रयोगशाला परिक्षण लगायत कार्य गरिएको चौधरीले बताए।  अस्पतालमा अहिले १४ जना बिरामी भर्ना भएर उपचार गराइरहेका छन्।  ‘कुष्ठरोगको जटिलता भएर उपचारका लागी आउनु भएको हो, उहाँहरु विभिन्न जिल्लाबाट आउनु भएको छ,’ उनले भने। 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जबसम्म कुष्ठरोगका बिरामीको संख्या घट्दैन, तबसम्म चुनौती नै रहेको बताए।  ‘समुदायमा अहिले पनि कुष्ठरोगलाई लुकाउने प्रवृत्ति रहेको छ,’ शाहीले भने। 

प्रकाशित: ११ माघ २०८१ १८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App