५ पुस २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा उपलब्ध नहुने चिकित्सकलाई कारबाही गर्ने भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक नभेटिने गुनासो आएको भन्दै त्यस्तो भए कारबाही गर्न मातहतका अधिकारीलाई निर्देशन दिएका हुन् ।

उनले विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत निर्देश गरेका छन्।

मन्त्री पौडेलले नियमित रूपमा 'हेल्लो स्वास्थ्य'मा आएका गुनासा सुन्दै सुधारका लागि अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् । 

उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान आफ्नो जोड रहेको बताएका छन् ।

प्रकाशित: ५ पुस २०८१ १६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App