१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

उपप्रधानमन्त्री सिंहद्वारा नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल-कोरियामैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवनको शिलान्यास गरिएको छ।

सोमबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले उक्त भवनको शिलान्यास गरेका हुन। अस्पतालको बन्न लागेको आधुनिक र सुविधा सम्पन्न भवन दक्षिण कोरिया सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो।

भवनको शिलान्यास गर्दै मन्त्री सिंहले यस अस्पतालले नेपाल र दक्षिण कोरियाबिचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।अस्पतालले उपत्यकाको सम्पर्कबाट टाढा र विकटका नागरिकको स्वास्थ्य उपचारमा टेवा पुग्ने उनको भनाइ छ। उनले नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल क्लिनिकका रुपमा सुरु भएको स्मरण गराउँदै सुविधा सम्पन्न र आधुनिक अस्पतालको रुपमा स्थापित भएकोमा खुसी व्यक्त गरे।

उपप्रधानमन्त्री सिंहले आफू बिरामी नभईकन स्वास्थ्यको महत्व बुझ्न नसकिने उल्लेख गर्दै बिरामी हुनुभन्दा अगाडि नै सबैले स्वास्थ्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिए।

अस्पतालको सेवाले सर्वसाधारण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र भक्तपुर तथा आसपासका जिल्लाका आर्थिक रूपमा कमजोर नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवामा पहुँच पुगाउने विश्वास लिइएको छ।

प्रकाशित: १० मंसिर २०८१ १५:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App