१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर बिरामीले अस्पतालबाट हाम फालिन,उपचारका क्रममा गयो ज्यान

ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी महिला हाम फाल्दा मृत्यु भएको छ।

मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका नारायणटारकी ६१ वर्षीया पुनमाया तामाङ रहेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालले बताए। 

तामाङ उपचार गराइरहेको क्याबिनको झालबाट हाम फालेको खनालले बताए। उनले भने, उहाँ अस्पतालको तेस्रो तलाको क्याबिनमा उपचार गराइरहनु भएको भन्ने छ। सोही क्याबिनको झालबाट शनिबार हाम फालेको र पाटन अस्पतालमा उपचार क्रममा आज उहाँको मृत्यु भएको भन्ने छ।

साउन २४ देखि क्यान्सर अस्पतालमा उनी भर्ना भएर उपचार गराइरहेको पनि उनले बताए। उहाँ केही समय अघि मात्र अमेरिकाबाट आएको भन्ने पनि छ। क्यान्सरको बिरामी हुँदा केही मानसिक समस्या हो की भन्ने अनुमान गरिएको छ। अहिले अनुसन्धानको क्रममा छौँ।

मृतक तामाङको श्रीमान् भने राष्ट्र बैङ्कको पूर्व कर्मचारी रहेको पनि खनालले बताए। 

प्रकाशित: १६ भाद्र २०८१ १३:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App