१० मंसिर २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

झापामा नागरिकता बनाउनेभन्दा राहदानी लिने बढी

जिल्ला प्रशासन कार्यालयबाट नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या ह्वात्त बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा २५ हजार चार सय ५५ जनाले राहदानी तथा १८ हजार आठ सय २२ जनाले नागरिकता लिएका छन्। गत आवमा राहदानी बापत १४ करोड ७३ लाख ६७ हजार सात सय राज्यकोषमा दाखिला भएको छ।

राहदानी लगायत अन्य सेवाबाट जिल्ला प्रशासन कार्यालयले १५ करोड ३० लाख ३९ हजार चार सय ४४ सङ्कलन गरेको छ। यसैबीच उक्त कार्यालयले चालु तथा पुँजीगत खर्च तीन करोड ८६ लाख १६ हजार चार सय ५७ भएको जनाएको छ। 

प्रकाशित: ३१ श्रावण २०८१ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App