३ आश्विन २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

ललितपुरका मेयर स्वास्थ्य मन्त्रालयको विषयगत समिति सदस्यमा मनोनीत

फाइल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ललितपुर महानगर पालिकाका प्रमुख चिरिबाबु महर्जनलाई मन्त्रालय अन्तर्गतको संघ प्रदेश र स्थानीय तह विषयगत समितिको सदस्य मनोनीत गरेका छन् । 

उनले मन्त्री स्तरीय निर्णय गर्दै ललितपुरका मेयर महर्जनलाई देशैभरका तहबिचको स्वास्थ्य विषय समन्वयका लागि महत्त्वपूर्ण पदमा मनोनयन गरेका हुन् ।

समन्वय तथा अन्तरसम्बन्ध ऐन २०७७ अन्तर्गत बनेको समितिले स्वास्थ्य क्षेत्रको योजना तथा कानुनको तर्जुमाका लागि तीनै तहसँग परामर्श र समन्वय गर्ने छ । 

ऐन आएयता हालसम्म पूर्णता नपाएको र बैठकसमेत नबसेको समितिको बैठक आगामी भाद्र ६ गते पहिलो पटक तोकिएको छ । मन्त्री पौडेलले संघको मात्र विषय नभएकाले सबै तहसँग समन्वय गरेर आफूले अघि सारेका कार्य योजना लागू गराउन पहल थालेको र बैठकसमेत डाकिएको बताए ।

प्रकाशित: २८ श्रावण २०८१ १८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App