१८ असार २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमा दर्ता सहयोगीले थाले आन्दोलन

न्यूनतम तलब सुविधासहित विभिन्न माग राख्दै स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले आन्दोलन थालेका छन् । स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले बिहीबार कोसी प्रदेशको मुख्यमन्त्रीको कार्यालयको गेटमा धर्ना दिएका छन् ।

न्यूनतम पारिश्रमिक तोक्न, १० प्रतिशत प्रोत्साहन रकम कायम गर्न, दर्ता सहयोगी पद हटाइ उचित पदको नामाकरण गर्नुपर्ने, पोसाकको व्यवस्था गर्नुपर्ने, बिमा गरे बापत दिइने कमिसन कटाएको, कमिसनमा लाग्दै आएको १ प्रतिशत करलाई वृद्धि गरेर १५ प्रतिशत लिन थालिएको उनीहरूको गुनासो छ । २०७९ सालदेखिको कमिसनमा उल्टै जरिबाना गरेर बेरुजु देखाएको, महालेखाका कारण स्वास्थ्य बिमा दर्ता सहयोगीहरूमा निराशा पैदा भएको भन्दै आन्दोलनमा उœन बाध्य भएको स्वास्थ्य बिमा दर्ता सहयोगी कोसी प्रदेशकी संयोजक गंगा सुवेदीले बताइन्।

मुख्यमन्त्री कार्यालयको गेटमा धर्ना बसेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई बोलाएर प्रदेश सरकारले यसको माग सम्बोधन गर्न नसक्ने तर संघीय सरकारलाई माग सम्बोधन गर्नका लागि पहल गर्ने बताए।मुख्यमन्त्री कार्कीले आन्दोलनरत पक्षको मागलाई सम्बोधन गर्न संघीय सरकारलाई पहल गर्ने आश्वासन दिएपछि उनीहरु धर्नाबाट हटे । तर,उनीहरुले आफ्नो आन्दोलन निरन्तर रहने बताएका छन् ।

स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले स्वास्थ्य बिमा बोर्डको कार्यालय विराटनगरमा चाबी लगाएर विरोध प्रदर्शन गरेका थिए । मागहरू पूरा नभएसम्म आन्दोलन नरोकी र आन्दोलनलाई अझ सशक्त बनाएर लैजाने सुवेदीले बताइन् । यता, स्वास्थ्य बिमा बोर्ड कोसी प्रदेशका संयोजक अर्जुन पण्डितले आन्दोलनरतहरूको मागको विषयमा केन्द्रसँग छलफल भइरहेको बताए । 

प्रकाशित: ३१ जेष्ठ २०८१ १९:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App