२३ असार २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

दैनिक कति पानी पिउने ?

यो पनि पढ्नुहोस्

पानी पिए स्वस्थ भइन्छ भन्ने कुरा हामी सवैले सुनेका छौ । गर्मीको बेला शरीरले नै बढी पानी मागिरहेको हुन्छ । तर कुन समयमा कति पानी पिउनु पर्छ भन्ने कुराबारे थाहा नहुँदा मानिसहरु अहिले पनि अन्योलमा छन् ।  

–१९औं शताब्दीताका कतिपय समाजका सम्भ्रान्त मानिसहरु बढी पानी पिउनुलाई खानाको अभाव या विपन्नतासित जोडेर हेर्थे। पानीले पेट भर्ने काम गरीबले मात्र गर्छन्  या धेरै पानी पिउनु सम्पन्नहरूको  सभ्यताविरोधी मानिन्थ्यो ।  

–कतिले धेरै पानी पिउनाले छाला चम्किलो बन्ने  र कतिपयले तौल घट्ने सुझाव दिन्छन् । मानिसहरू हरेक दिन कम्तीमा दुइदेखि चार लिटर पानी पिउने सल्लाह दिन्छन ।  यो नियम कसरी आयो ?  

–सन् १९४५ मा अमेरिकी फुड एन्ड रिसर्च सेन्टरले एक वयस्क मानिसले एक हजार क्यालोरी पचाउन एक लिटर पानी पिउनुपर्ने सल्लाह दिएको थियो । यो भनेको हाम्रो बुझाइमा दैनिक दुई लिटर पानी पिउन सकिन्छ । दैैनिक दुइ लिटर पानी भनेको हामीले पिउने चिया, दुध, जुस जस्ता पेय पदार्थसहित दुई लिटर पानी पिउनु पर्छ  भनिएको हो ।  

–सन् १९७४ मा प्रकाशित फेडरिक स्टेयरकी न्युटे«सन फर गुड हेल्थ पुस्तकमा वयस्क मानिसले दैनिक आठ गिलास पानी पिउन सुझाव दिइएको छ ।  यो पुस्तकमा पनि अरु खानेकुरामा प्राप्त हुने पानीको मात्रा जोडेर पिउन सुझाव दिएको हो । शरीरमा कुल तौलको दुई तिहाइ पानीको भाग हुन्छ ।  

–पानीले शरीरको खराव तत्व बाहिर निकाल्न भूमिका खेल्छ । हाम्रो शरीरको ताफक्रम नियमित राख्न र शरीरलाई नरम राख्ने काम पनि पानीले गर्छ । शरीरभित्र हुने रसायन पानीले बगाएर लैजान्छ । यसको साथै हाम्रो पसिना, पिसाब र श्वासको गन्ध पानीले नै बगाएर बाहिर निकाल्छ । यस कारण शरीरमा पानीको जतिबेला पनि आवश्यक हुन्छ । पानीको कमी भयो भने शरीरमा जलवियोजन हुन्छ ।  

–तर  प्यास लागेपछि मात्र पानी पिउनु गल्ती हो । प्यास लाग्नेबित्तिकै हामी चिया, कफी, चिसो पेय पदार्थ या अन्य पेय पदार्थ लिएर पनि पानीको कमी पूरा गर्न सक्छौं। तर यी पदार्थमा पाइने रसायनको असर भने भुल्नु हुँदैन । 

प्रकाशित: २३ जेष्ठ २०८१ १४:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App