२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

सरकारले भेपमा प्रतिबन्ध लगाउँदै

नेपालमा ई सिगरेट (भेप) माथि प्रतिबन्ध लगाउने तयारी भइरहेको छ। स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. भक्तबहादुर केसीले नेपालमा ई सिगरेटमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।

उनले नेपालमा युवाहरू माझ ई सिगरेटको प्रयोग बढ्दै गएको र स्वास्थ्यको लागि चुरोट जत्तिकै हानिकारक भएकोले ई सिगरेटमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेको बताए।

तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मात्र नेपाल ३२ लाख ई सिगरेट आयत भएको र २१ करोड मूल्यको व्यापार भएको देखिन्छ। हुक्का र भेप प्रयोगको डिभाइसको मूल्य १० देखि १३ हजारसम्म पर्ने गर्छ।

ई सिगरेटमाथि प्रतिबन्ध लगाउने आशयको पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा  पठाइसकेको डा. केसीले बताए।

प्रकाशित: २३ चैत्र २०८० १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App