१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

आरजुले गराइन् ‘हाइपर पाराथाइरोइडिज्म’को शल्यक्रिया

नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको भारतको राजधानी नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा शल्यक्रिया भएको छ।

दुईवर्षदेखि ‘हाइपर पाराथाइरोइडिज्म’ समस्याबाट ग्रसित देउवा सोही अस्पतालमा निरन्तर फलोअप गर्दैआएको उनको सचिवालयले जनाएको छ। देउवाका स्वकीय सचिव कमल रावलले बिहीबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बुधबार उक्त समस्याको शल्यक्रिया गरिएको उल्लेख गरेका छन्।

ल्यक्रियापछि देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सको सल्लाहबमोजिम केहीसमय अस्पतालमै उपचार गर्नुपर्ने देखिएको रावलले उल्लेख गरेका छन्।

देउवाले चैत २ गते नै संघीय संसद् सचिवालयलाई आफू उपचारमा जानलागेको जानकारी दिएकी थिइन्। देउवा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि हुन्।

प्रकाशित: १५ चैत्र २०८० १३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App