१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सम्भव भयो शरीरबाट एचआईभी हटाउन !

वैज्ञानिकहरूले जीन इडिटिङ्ग प्रविधिको प्रयोगबाट कोषबाट एचआईभीलाई सफलतापूर्वक निकालेर हटाउन सफल भएको दावी गरेका छन्।

वैज्ञानिकहरूका अनुसार नोबेल पुरस्कार विजेता क्रिस्पर जीन इडिटिङ्ग प्रविधिको प्रयोग गरेर सङ्क्रमित कोषहरूबाट एचआईभीलाई काटेर हटाइएको हो।

बीबीसीका अनुसार उक्त प्रविधिको प्रयोग गरेर मलिक्यूलरको मात्रामा डीएनएबाट कैँचीले काटे झैँ सङ्क्रमित भागलाई काटेर हटाइएको छ।

यूनिभर्सिटी अफ एमस्टरड्यामका वैज्ञानिकहरूले उक्त प्रविधिबाट शरीरबाट एचआईभी सङ्क्रमणलाई निकाल्नमा मद्दत पुग्ने आशा गरेका छन्।

उक्त प्रविधिबाट सङ्क्रमित भागलाई डीएनएबाट हटाउन मद्दत पुगेपनि उक्त प्रविधिले एआईभीको उपचार भने हुन नसक्ने पनि वैज्ञानिकहरूले बताएका छन्।

एचआईभीको लागि हालसम्म औषधिको माध्यमबाट उपचार हुँदै आएपनि शरीरबाट त्यसलाई पूर्ण रुपमा भने अन्त्य गर्न सकिएको छैन।

प्रकाशित: ८ चैत्र २०८० १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App