१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जनशक्ति अभावले वीरको टोमाथेरापी सेवा प्रभावित

सेवा सुरु भएको एक महिना नबित्दै वीर अस्पतालको टोमोथेरापी सेवा प्रभावित बनेको छ।

टोमाथेरापी शाखामा आवश्यक जनशक्ति नहुँदा सेवा प्रभावित बनेको वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा. बिबेक आचार्यले जानकारी दिए।

उनको अनुसार यो शाखाको लागि तालिम प्राप्त तीन जना जनशक्ति थिए। ती मध्ये एक जनालाई क्याथल्यावमा शाखामा लगिएको छ।

यस सेवामा भएका तालिमप्राप्त जनशक्ति मध्ये एक जनालाई अन्य शाखामा पठाएपछि सेवामा समस्या उत्पन्न भएको छ। तालिम प्राप्त जनशक्ति पर्याप्त भएमा दिनमै ४० जनालाई सेवा दिन सकिने डा. आचार्य बताउँछन्।

‘अहिले कम जनशक्तिको कारण जम्मा दैनिक १५ जनालाई मुस्किलले सेवा प्रदान गर्न सकिएको छ। तर यो सेवा लिन आउनेको चाप धेरै भएकोले असारसम्मको बुक भइसकेको छ।’ उनी भन्छन्।

उनले थपे ‘क्यान्सरका बिरामीलाई ढिला सेवा दिँदा क्यान्सर अरु भागमा फैलिसकेको हुने र निको हुन कठिन हुने भएकोले छिटो सेवा दिनुपर्ने हुन्छ। ढिला उपचार भएमा क्यान्सर निको नभई उल्टै अरु भागमा फैलिन्छ, सक्दो छिटो सेवा दिनु पर्छ’

उनका अनुसार कुनै पनि क्यान्सरका बिरामीको लागि शल्यक्रिया, किमोथेरापी र रेडियो थेरापी सेवा निश्चित अवधिमा गरिसक्नु पर्छ। ‘कुनै कुनै क्यान्सरमा सर्जरी गर्ने बित्तिकै किमोथेरापी र रेडियो थेरापीसँगै दिनुपर्छ’ उनले भने।

तर जनशक्तिको अभावले भएको स्रोत साधनलाई उपयोग गर्न नसकेको डा. आचार्यको गुनासो छ। जनशक्ति थप गर्ने हो भने दैनिक ४९० जनालाई सेवा दिन सकिने र सेवा पाएमा बिरामीले लामो समय कुर्नुनपर्ने उनले सुनाए।

‘बिहान ६ बजेदेखि राति ९ बजेसम्म संचालन गर्ने हो भने दैनिक ३० जनालाई सेवा दिन सकिन्छ’ आचार्य भन्छन्।

उनका अनुसार यो सेवाको लागि ७ जना जनशक्ति थप्नुपर्छ। जनशक्ति थपिएमा तीन चरणमा सञ्चालन गर्न सकिन्छ। तर यो सेवामा सामान्य जनशक्तिले काम हुँदैन।

तालिमप्राप्त जनशक्ति परिचाल गरेमा बिरामीले लाभ लिने सक्ने र सेवाको प्रभावकारिता पनि बढ्ने उनको भनाइ छ।

यो समस्याबारे अस्पतालका निर्देशक र राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई पटक–पटक लिखित र मौखिक रुपमा माग गरेको भएपनि अहिलेसम्म जनशक्ति पूर्ति हुन नसकेको उनको गुनासो छ।

पाँच वर्ष अघि सेवा सुरु गर्ने भनिएको यो सेवा चार वर्ष ढिला गरी गत वर्ष जडान भएको हो। टोमाथेरापी क्यान्सरको रेडियो थेरापी सेवामा सबैभन्दा आधुनिक प्रविधि हो। यस अघिको प्रविधिको तुलनामा लाभदायी भएकोले यसको सेवा लिन आउने बिराम धेरै छन्।

टोमोथेरापीमा बिरामीको क्यान्सरको कोष मात्र नष्ट गर्ने भएकोले यो थेरापी लिन आउने बिरामीको चाप बढेको हो। 

राजधानीको भक्तपुर क्यान्सर अस्पताल, पाटन, टिचिङ र अन्य निजी क्यान्सर अस्पतालबाट समेत बिरामीहरु सेवा लिन आउेने गर्दछन्।

प्रकाशित: ४ फाल्गुन २०८० १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App