१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नारायणी अस्पतालमा मातृशिशु हेरचाह कक्ष

केएनपी जापान प्रालि सब्सिडेरी अफ कान्साई नेरोलेक पेन्ट्स, इन्डिया एन्ड ग्रुप कम्पनी अफ कान्साई पेन्ट्स कम्पनी जापानद्वारा सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्जको नारायणी अस्पतालपरिसरमा मातृशिशु हेरचाह कक्षको स्थापना गरिएको छ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मातृशिशु हेरचाह कक्षको उद्घाटन गरेका छन्।  

कुल २० शय्या रहेको मातृशिशु हेरचाह कक्ष ४५ लाख रूपैयाँमा तीन महिनाभन्दा कम समयमा निर्माण सम्पन्न भएको हो।

केएनपी पेन्ट्सले निर्माण गरेको मातृशिशु हेरचाह कक्षले अस्पतालमा प्रसुति गर्न आउने बिरामीका लागि थप राहत भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चित्तरन्जन साहले बताए।

प्रकाशित: ४ फाल्गुन २०८० १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App