१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ।  

सोमवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताइन्। उनले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताइन्।

केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको उनको भनाइ छ। उनले २२१ करारका कर्मचारीहरु कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताइन्। उनले अहिले दशैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताइन्।

उनले भनिन्, ‘वीर अस्पतालको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ। त्यो होइन। हामीले ८३१ दरबन्दी मध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो। त्यसमा हामीले ३ सयको लोकसेवाबाट सिफारिस गरेर उहाँहरु दशैँअघिदेखि काम गर्दै हुनुहुन्छ। २३४ को विज्ञापन गइसक्यो। पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ। २ सय बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोकसेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरुलाई काममा राखेका थियौँ। उहाँहरुलाई जुन रुपमा मिडियामा जानुभएको छ, त्यो होइन। उहाँहरुलाई कोभिड १९ केसको लागि राखेको थियो। स्थायी दरबन्दी ल्याउन नसकेकाले राखेका थियौँ। राज्यको श्रोतअनुसार गर्नुपर्ने भएकाले बाध्य भएर निकाल्नुपरेको हो। अहिले त्यसको रिप्लेस भइसकेको छ र २३४ प्लस अरु रिक्त गरेर २६१ विज्ञापन गइसक्यो, लोकसेवाको सेड्युलबाट सायद आजभोलि विज्ञापनमा आउँछ।’

प्रकाशित: ८ माघ २०८० ११:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App