आइटिएमको पहिलो उत्कृष्ट वैज्ञानिक सम्मान नेपालका डा. मेघनाथ धिमालले पाएका छन्।
डा.धिमालले जलवायु परिवर्तन,स्वास्थ्य तथा वातावरणको क्षेत्रमा विभिन्न अनुसन्धान खोज तथा काम गरेबापत यो सम्मान प्रदान गरिएको हो।
मंगलवार ६४ औ जलवायु परिवर्तन र स्वास्थ्य सम्बन्धी सम्मेलनको अवसरमा उनलाई सम्मान दिइएको हो।
यो सम्मान पाउने धिमाल पहिलो व्यक्ति हुन्। पहिलो पटक खडा गरिएको यो सम्मान आगामी वर्षदेखि हरेक वर्ष प्रदान गरिनेछ। सम्मान पाएकोमा आयोजक संस्था ट्रपिकल अफ मेडिसिनलाई धन्यवाद दिए।
प्रकाशित: ६ मंसिर २०८० १३:५६ बुधबार





