२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

विश्व दृष्टि दिवसमा सचेतनामूलक र्‍याली

विश्व दृष्टि दिवसका अवसरमा आज विराटनगरमा सचेतनामूलक विश्व दृष्टि दिवसमा सचेतनामूलक र्‍याली निकालेको छ। 

विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ।अस्पतालले दिवस मनाउने क्रममा सचेतना र्‍यालीका साथै उद्योगका मजदुरहरुको आँखा परीक्षणसमेत गर्‍यो।

‘कार्य स्थलमा आँखालाई माया गरौँ’ भन्ने मूल नाराका साथ अस्पतालको प्राङ्गणबाट सुरु भएको विश्व दृष्टि दिवसमा सचेतनामूलक र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरी पुनः गोल्छा अस्पतालमै आएर टुंगिएको थियो । र्‍यालीले विराटनगरको डाँफे चोक, घोघा चोक, हनुमान मन्दिर, मेनरोड लगायत बजार क्षेत्रको परिक्रमा गर्‍यो। 

¥यालीमा अस्पतालका डाक्टर, नर्स, नर्सिङ कलेजका विद्यार्थी र कर्मचारीहरूको सहभागिता थियो । विश्वभरमा वार्षिक ३० लाखमा कार्य स्थलमा चोटपटक लाग्ने र एक करोड ३० लाख बढीमा न्यून दृष्टिको समस्या देखिने गरेको रामलाल गोल्छा आँखा अस्पतालका डाक्टर सुवास पोखरेलले जानकारी दिए । उनले कार्य स्थलमा लाग्ने चोटपटक र न्यून दृष्टिको समस्या समाधानका लागि समयमै ध्यान पुर्‍याए आँखामा क्षति पुग्ने र ज्योति गुम्ने समस्याबाट जोगिन सक्ने बताए । 

प्रकाशित: २५ आश्विन २०८० १४:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App