७ कार्तिक २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा मन्त्रालयले धेरै सुधारको काम गरेको बताएका छन्।

मिर्गौलाका बिरामीलाई जुटाएको सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा आज सहभागी हुँदै उनले स्वास्थ्य क्षेत्रमा लामो समयदेखिका यथावत समस्या समाधान गर्न सफल भएको दाबी गरे।

उनले विभिन्न बहानामा केन्द्रमा मात्र समिति चिकित्सकलाई देशका विभिन्न विकट स्थानमा खटाएको जिकिर गरे। उनले चिकित्सकको दरबन्दी बढाउनका लागि मन्त्रालय लागिपरेको समेत जानकारी दिए।

‘अहिले अधिकांश डाक्टर गाउँ गइसक्नुभएको छ’, मन्त्री बस्नेतले भने, ‘चार भागमा एक भागमात्र कर्मचारी छन, दरबन्दी बढाउनका लागि सरकारले बजेट व्यवस्था गरेको छ तर योबीचमा विशेष बजेटको व्यवस्था गराएर दरबन्दी बढाउने कुरामा मन्त्रालय लागि परेको छ।’

उनले अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी सुविधासम्पन्न ठाउँमा बस्ने, गाउँ नजाने, काजमा बस्ने, भनसुनका आधारमा बस्ने र मेडिकल बोर्डको सिफारिसमा १६ वर्षसम्म काठमाडौँमै बस्ने प्रवृत्तिलाई नियन्त्रण गरेको बताए। मेडिकल बोर्डलाई जथाभावी सिफारिस नगर्न निर्देशन दिएको उनको भनाइ थियो।

मन्त्री बस्नेतले दुवै मिर्गौला पीडित भोटेकोशी गाउँपालिका–४ नारायणथानका निवासी तेम्बा छिरिङ शेर्पालाई निःशुल्क उपचारको व्यवस्था गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता गरे। उनले भोटेकोशी गाउँपालिकाकै ज्ञानबहादुर श्रेष्ठको मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न बताए।

भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले स्वास्थ्य आपत्कालीन कोष खडा गरेर स्थानीयको उपचारमा सहयोग पुर्‍याउने जानकारी दिए।

प्रकाशित: ३ आश्विन २०८० १४:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App