२९ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

जुम्लाका २३ प्रतिशत नागरिक स्वास्थ्य बिमाको पहुँच बाहिर

जुम्लाका २३ प्रतिशत नागरिक अहिले पनि बिमाको पहुँचमा पुग्न सकेका छैनन्। स्वास्थ्य बिमा बोर्ड कार्यालय जुम्लाको तथ्यांकअनुसार  ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच भन्दा बाहिर छन्। २०७८ को जनगणना आधार मान्ने हो,भन जुम्लाको २० हजार  घरधुरी सहित १ लाख २० हजार जनसङ्ख्या हो। त्यसमध्ये ८० हजार ४ सय ७३ जना बिमित छन्। तर, अझै ३९ हजार ५ सय २७ जना नागरिक बिमाको पहुँच बाहिरै छन्।

आर्थिक वर्ष २०७८र०७९ मा जुम्लाका ६७ हजार ७ सय ३७ नागरिक बीमित रहेको देखिन्छन्। स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ७ वर्षको अन्तरालमा कुल जनसङ्ख्याको करिब ६७ प्रतिशत नागरिक बिमाको पहुँचका पुगेको दाबी गर्न सकिन्छ। एक वर्ष भित्र लगभग १३  नागरिक हजार बिमाको पहुँचमा पुगेका हुन्।

जुम्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकाका १९ हजार ५ सय २ जना र सिंजा गाउँपालिकाका ५ हजार ४ सय २ जना स्थानीय बिमाको पहुँचमा पुगेका छन्।  

तातोपानी गाउँपालिकाका ११ हजार ६ सय १७, तिलाका ८ हजार ३ सय ६७, हिमाका ११ हजार ४ सय ९३, कनकासुन्दरीका ६ हजार ७१ जनाले नागरिक स्वास्थ्य बिमाको पहुँचमा पुगेका छन्। पातारासी गाउँपालिकाका ११ हजार १ सय ३८ जना र गुठिचौरका ६ हजार ८ सय ८३ जनाले स्वास्थ्य बिमा गरेको देखिन्छन्।  

स्वास्थ्य बिमा कार्यालय जुम्लाका प्रमुख प्रेम भण्डारीका अनुसार अहिलेसम्म कुल  ८० हजार ४ सय ७३ जना नागरिक बिमाको पहुँच पुगेका हुन्। जसमध्ये जुम्लाका २० हजार घरधुरी मध्ये १६ हजार ५ सय १६ घरधुरी बिमित छन् । भने ज्येष्ठ नागरिक दुई हजार ७ सय ४६ जना, अति गरिब ३ हजार ७ सय ३३, अति अपाङ्ग ६२ परिवार, टिभी संक्रमित २ परिवार र महिला स्वास्थ्य स्वयंसेविका २ सय १० जना बिमित छन्।  

शत प्रतिशत नागरिकलाई बिमाको पहुँचमा पुर्‍याउन तातोपानी, हिमा र पातारासी लगायतका गाउँपालिकाले विपन्न निःशुल्क बीमा गर्ने नीति ल्याएका छन्। केही बर्ष पहिले सम्म स्वास्थ्य बिमा विषयमा सचेतना फैलाउदा पनि बीमाको पहुँचमा आउने गरेका थिएनन् । तर पछिल्लो समय बीमाको फाइदा बुझेपछि बीमाप्रति आकर्षण बढेको स्वास्थ्य बीमा बोर्ड जुम्लाका प्रमुख भण्डारी बताउँछन्।

'हाम्रो प्रथम सेवा बिन्दु कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हो। ठुलो स्वास्थ्य संस्था भएकै कारण पनि बीमाको पहुँच बढेको हो। शत प्रतिशत नागरिकलाई बीमाको पहुँच ल्याउने उद्देश्य छ, '। स्वास्थ्य बिमा बोर्ड जुम्लाका प्रमुख भण्डारी भन्छन्।

बिमाप्रति आकर्षण बढ्नु सुखद् पक्ष भए पनि सेवामा सुधार ल्याउन जरुरी रहेको नागरिकको गुनासो छ ।सिंजा गाउँपालिका–६ कि प्याउरी बुढाका अनुसार बिमाको उपचारमा ढिलासुस्ती छ । बिमाबाट भने जति औषधी पाउँदैनौँ । तर,यस्ता विषयमा धेरै पटक गुनासो नआएको पनि हैन । तर सुनुवाई नहुँदा बीमाको सेवा अस्त व्यस्त छ । यसलाई सुधार गर्न जरुरी छ ।

प्रकाशित: २० श्रावण २०८० ०५:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App