भक्तपुरमा शनिबार विहान बाजागाजाका साथ डेंङ्गू सचेतना र्याली निकालिएको छ । भक्तपुर नगरपालिका वडा नं ८ को आयोजनामा सचेतना र्याली निकालिएको हो ।
वडा कार्यालय लिवाली भक्तपुरबाट सुरु भएको र्यालीले वडाका विभिन्न भागमा परिक्रमा गरेको थियो । माइकिंग, पर्चा वितरण तथा बाजागाजाका साथ आएको र्यालीले डेंङ्गूविरुद्धको सचेत रहन आह्वान गरेको थियो ।
र्यालीमा वडाभित्रका विभिन्न सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरु पनि सहभागी भएका थिए । उनीहरुले डेंङ्गू सचेतनाका विषयमा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।
![](https://images.nagariknewscdn.com/photos/1690609500_363778963_1332145437686185_871423436115217828_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1690609825_363791931_6565802896774605_4471649167133332328_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1690609829_363799256_1332144821019580_7613443292990091408_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1690609832_363799529_1332144791019583_2255274803331490901_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1690609835_363802086_6565802236774671_4802820131856996070_n.jpg)
![](https://images.nagariknewscdn.com/photos/1690609887_363812095_6565802456774649_9196758889679944773_n%20(1).jpg)
![](https://images.nagariknewscdn.com/photos/1690609891_363817232_1332144944352901_5456890600737652303_n%20(1).jpg)
प्रकाशित: १३ श्रावण २०८० ०५:५४ शनिबार