७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

यसरी जोगाउनुस बालबालिकालाई तातो हावा 'लू' बाट

फाइल तस्बिर

पछिल्ला तीन दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ। अत्याधिक गर्मीका कारण सबैभन्दा बछि तराईको जनजिवन प्रभावित भइरहेको छ। सर्वसाधारणको जिवन अत्याधिक तापक्रमले गर्दा कष्टकर भइरहेको छ। यसबाट सबैभन्दा बढि स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु प्रभावित भएका छन्।

तराईका जिल्लाहरुको अधिकतम तापक्रम ४०/४१ डिग्रीको हाराहारीमा पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सिमराको तापक्रम ४० दशमलव ८ डिग्री छ भने बुधबार  ४१ दशमलव २ पुगेको थियो।

त्यस्तै शुक्रबार जनकपुरको तापक्रम ४० डिग्री रहेको छ। मौसमविद्हरुले तराईमा तातो हावा (लु) चल्न सक्ने सम्भवना रहेको बताइरहेका छन्।

लूले मानिसको स्वास्थ्यमा समेत असर पार्छ। लू लाग्नबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ। यो समयमा बालबालिकाको पनि विशेष हेरचाह गर्नुपर्छ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बालबालिकालाई तातो हावारलूबाट जोगाउन साथमा सधैँभरि पानीको बोतल राखिदिनुपर्ने बताएको छ। कागती पानी, नरिवल पानी, ताजा फलफूलको रस नियमित रूपमा सेवन गराउन प्राधिकरणको सुझाव छ।

त्यस्तै बालबालिकालाई हल्का रङको सुतीको कपडा लगाउने। टाउको ढाकेर राखिरहने। त्यसका लागि कपडा, टोपी, छाताको प्रयोग गर्नुपर्ने  प्राधिकरणले बताएको छ।

पत्रु खाना (जंक फुड)को प्रयोग नगर्ने, गर्मीको समयमा ताजा फल, सलाद र घरमै बनाएको खानेकुरा खाने,दिउँसो १२ देखि अपराह्न ४ बजेसम्मको कडा घाममा घरबाहिर सकेसम्म निस्कन नदिने साथै गर्मीका बेला बालबालिकालाई बिहान वा साँझको समयमा मात्र खेल्न दिन प्राधिकरणको सुझाव छ।

यदि, बालबालिकालाई रिँगटा लागेमा, बान्ता भएमा, धेरै टाउको दुखेमा वा सास फेर्न अप्ठ्यारो भएमा तुरुन्त नजिकैको अस्पताल वा स्वास्थ्यचौकीमा लैजान प्राधिकरणको सुझाव छ।

प्रकाशित: १९ जेष्ठ २०८० ०६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App