coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

दुर्गम क्षेत्रका महिलासँग स्वास्थ्यका कुरा

अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवस कार्यक्रम।

‘हामी महिलाको यौन तथा प्रजनन स्वास्थ्यका सवालमा संवेदनशील भएका छौ। गत वर्ष जस्तै यस वर्ष पनि हरेक वडामा महिला स्वास्थ्य शिविर संचालन गर्न र महिला स्वास्थ्य अधिकार स्थापित गर्नका लागी बजेट विनियोजन गरी विशेषज्ञ महिला शिविर सञ्चालन गर्ने छौ।’ पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको एक कार्यक्रममा भने ‘महिलाका स्वास्थ्य समस्यामा गम्भीर भएर काम गर्नेछौ।’

 गाउँपालिका अध्यक्ष पुनिराज घर्तीको अध्यक्षतामा उपाध्यक्ष भुपेन्द्रा बुढा लगायत १४ वडाका जनप्रतिनिधिहरू र कर्मचारीको उपस्थितिमा महिला स्वास्थ्य अधिकार दिवस मनाइएको हो।

केही महिना अगाडी यहाँ संचालन गरिएको शिविरमा प्रजनन स्वास्थ्य समस्या विकराल देखिएको गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाले बत्ताइन।

उनले भनिन् ‘यहाँ पाठेघरको समस्यासँगै प्रजनन स्वास्थ्य समस्या एकदमै विकराल छ। आउँदो दिनमा विभिन्न स्वास्थ्य शिविर सँगै थप अन्य कार्यक्रम बनाएर अगाडी बढ्ने योजना गरेका छौ।’

सहभागी जनप्रतिनिधिहरूले पुथा उत्तरगंगा गाउँपालिकामा महिलाहरूको प्रजनन स्वास्थ्य समस्या एकदमै विकराल रहेको बताएका थिए।

‘बर्षाै देखि महिलाहरुले सामना गरिरहेको असमानता, भेदभाव, महिलाको प्रजनन र यौन स्वास्थ्य अधिकारमा यसको प्रभाव सतहमा ल्याएको छ। जसको सम्बोधन सरकारले गर्न सकेको स्थिति छैन। यस कारणले गर्दा हालको अवस्थामा र यसले सिर्जना गर्न सक्ने दीर्घकालीन संरचनात्मक समस्याहरूले पार्न सक्ने प्रभावहरूको गहिरो विश्लेषण गर्नु आवश्यकता छ।’ कार्यक्रममा आफ्नो प्रस्तुति गर्दै ओरेक नेपालका सुनिता मैनालीले बत्ताइन।

मैनालीले महिला स्वास्थ्य अवस्थाको समग्र विश्लेषण गर्दै समस्या समाधानमा खेल्न सकिने भूमिकाका बारेमा समेत छलफल गरेकी थिइन।

विश्वमा महिला मानव अधिकार विशेष गरेर यौन तथा प्रजनन स्वास्थ्य अधिकारको अवस्था जस्तो हुनु पर्ने त्यस्तो छैन। प्रजनन स्वास्थ्य निरपेक्ष विषय नभई जीवनका धेरै विषयसँग जोडिएको बहु आयामिक तथा नैसर्गिक अधिकारको विषय हो। तर नेपालमा महिला र किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित हुन सकेको छैन।

महिला र किशोरीको न्यायको लागि र यौन तथा प्रजनन स्वास्थ्य सुनिश्चित गर्न संसार भरकै अधिकारर्मीहरुले आफ्नो आवाज बलियो बनाउन मे २८ लाई अन्तर्राष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको रुपमा मनाउँदै आइरहेको छ।

प्रकाशित: १४ जेष्ठ २०८० १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App