coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

काठमाडौं मोडेल अस्पतालमा सबै भन्दा बढी फिस्टुलाको शल्यक्रिया

काठमाडौं मोडेल अस्पतालले सबै भन्दा धेरै संख्यामा पिसाब चुहिने समस्याको शल्यक्रिया गरेको छ।

अन्तर्राष्ट्रिय प्रसव फिस्टुला दिवसको अवसरमा अस्पतालले हालसम्म यो क्षेत्रमा गरेको सेवाको बारेमा जानकारी दिएको हो। अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा. गणेश दंगालले हालसम्म मोडेल अस्पतालले सबै भन्दा बढी फिस्टुला (पिसाब चुहिने समस्या) को शल्यक्रियाको गरेका बताए।

सन् २०१३ देखि फिस्टुलाको शल्यक्रिया सुरु गरेको अस्पतालले यो सेवा दिइरहेका अन्य तीन अस्पतालहरू पाटन स्वास्थ्य विज्ञान अस्पताल, भेरी र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भन्दा बढी सेवा दिएको हो।

स्वास्थ्य सेवामा गुणस्तरको कमी, पाठेघरको शल्यक्रियामा हुने त्रुटि र घरैमा प्रसूति हुने क्रममा लामो प्रसव बेथा लागेमा पिसाबको थैलीमा चोट लागेर पिसाबको थैलीमा प्वाल पर्छ र शल्यक्रिया नगरेमा जीवनभरी रहिरहन्छ।

नेपालमा अहिले पनि उपचारको बारेमा जानकारी नभएका र उपचारको पहुँचमा नभएका दुर्गमका महिलाहरु लामो समयदेखि पिसाब चुहिने समस्या लिएरै बाँचिरहेका छन्।

मंगलवार अन्तर्राष्ट्रिय फिस्टुला दिवसको अवसरमा सरिक भएका शल्यक्रिया गरिसकेका महिलाहरुलाई अस्पतालले ओढाएर सम्मान गरेको छ। सोही क्रममा उनीहरुले आफ्नो आफूलाई भएको पिसाब चुहिने समस्या र उपचारपछि निको भएको कथा सुनाए।

काठमाडौंकी २७ वर्षीय सीता मगरको प्रसूतिको क्रममा स्वास्थ्यकर्मीले भ्याक्युम लगाउने क्रममा पिसाबको थैलीमा प्वाल परेको हो। त्यसपछि उनको शल्यक्रिया गरेको तीन महिनासम्म पनि पिसाब चुहिन रोकिएन। तीन महिनासम्म उनले प्लास्टिकको थैली जोडेर हिंथ्थिन्। उसो त सुत्केरी त्यसमाथि पिसाबको थैली बोकेर हिँड्नको पीडा ! सही साध्य थिएन। पुन सोही चिकित्सकसँग उपचार गर्न पुग्दा थाहा भयो उनलाई फिस्टुला भइसकेको रहेछ।

उनलाई चिकित्सकले मोडेल अस्पतालमा गएर उपचार गर्न सुझाए। त्यसपछि उनीले उपचारको लागि डा. गणेश दंगालको समूहलाई भेटिन्। अपरेसन गरेर पिसाब थैलीको शल्यक्रिया गरिन्। अहिले उनको स्वास्थ्य सामान्य बनेको छ। उनले कार्यक्रममा बोल्दै उनले भनिन्, ‘ अहिले म जोसिलो भएको छु’।

सोही क्रममा अस्पतालले १० वर्ष अघि यही अस्पतालमा पहिलो पटक पिसाब चुहिने समस्याको उपचार गरेकी काठमाडौकी मंगलीलाई सम्मान गरे। डा. दंगालका अनुसार उनको सानो उमेरमा बच्चा जन्माएको कारण फिस्टुला भएको थियो। पिसाब चुहिएको कारण उनलाई सुरुमा श्रीमानले छोडे, त्यसपछि उनी माइती गएर बसिन। माइतीमा पनि कसैले रुचाएनन्। माइतीमा पनि उपेक्षा भएपछि उनी लामो समय गुम्बामा बसिन। समस्या आएको ४६ वर्षपछि उनले उपचार पाएकी हुन्। उपचारपछि उनी माइती घरमा पुनर्स्थापित भएकी छिन्।

सोही क्रममा अस्पतालमा बोल्दै डोल कुमारीले पनि आफ्नो कथा सुनाइन। उनले केही वर्ष पहिला काठमाडौ मेडिकल कलेजमा पाठेघरमा देखिएको डल्लोको अपरेसन गर्न गएकी थिइन्। अपरेसन गर्दा पिसाबको थैलीमा प्वाल परेपछि तीन महिनासम्म पिसाब चुहिन रोकिएन। सिटिसक्यान गर्दा मात्र थाहा भयो किन पिसाबको थैलीमा प्वाल परेको थाहा भयो। चिकित्सकले काठमाडौ मोडेल अस्पतालमा उपचारको लागि पठाए। त्यहाँ उपचारपछि उनी अहिले सामान्य बनेकी छिन्।

चिकित्सकका अनुसार निरन्तर पिसाब चुहिने समस्याको उपचार नभएमा जीवनभरी पिसाब चुहिने समस्याले सताउने, यौन जीवन नहुने, निरन्तर गन्ध आएकोले अरुको नजिक बस्न नसक्ने, हीनताबोध हुने, पिसाबको कारण यौनअंगको नजिक संक्रमण भई घाउ हुने, पिसाबको संक्रमण हुने जस्ता समस्या हुन्छन्। कतिपयले पिसाब चुहिने डरको कारण पानी नपिउँदा थैलीमा पत्थरी समेत बन्ने समस्या हुने डा. दंगाल बताउँछन्।

अविकसित तथा स्वास्थ्य सेवाको गुणस्तर नभएको देशहरुमा अहिले पनि पिसाब चुहिने समस्या धेरै हुने गरेको छ। नेपालमा उमेर नपुगी बच्चा जन्माउँदा, पाठेघर तथा बच्चा निकाल्ने शल्यक्रिया गर्ने क्रममा पिसाब चुहिने समस्या हुने गरेको देखिन्छ।

पछिल्लो समय अस्पतालमा बच्चा जन्माउने चलन बढेकोले पहिलेको तुलनामा पिसाब चुहिने समस्या कम छ। दुर्गम ठाउँहरुमा भने अहिले समस्या उस्तै संख्यामा रहे पनि जानकारीको अभावमा उपचार आउन सकेका छैनन्। नेपाल, दक्षिण एसिया तथा अफ्रिकी मुलुकमा फिस्टुलाकाे समस्या अहिले पनि बढी संख्यामा रहेको चिकित्सकले जनाएका छन्।

प्रकाशित: ११ जेष्ठ २०८० १४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App