coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

उपचारमा चौधरी आँखा अस्पतालको अग्रसरता

मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी परिवारलाई उपचारमा छुट

फाइल तस्वीर

सगरमाथा चौधरी आँखा अस्पताल लहानले मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी परिवारलाई उपचारमा छुट दिने भएको छ। सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहा बोर्डर आउटपोस्ट नवराजपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेको विशेष पहलमा अस्पतालका तर्फबाट अध्यक्ष रविन्द्रलाल चौधरी र वरिष्ठ अस्पताल प्रबन्ध अभिषेक रोशन तथा सशस्त्र प्रहरी उपरीक्षक (नम्बर ७ गणपति) प्रमोद भारती र डिएसपी निलकमल आचार्यबिच सम्झौता भएको हो।

सम्झौताअनुसार सिरहा जिल्लासहित मधेस प्रदेशका सशस्त्र प्रहरी कर्मचारी र उनका परिवारलाई सगरमाथा चौधरी आँखा अस्पतालले आँखा, कान तथा घाँटीको उपचार सेवामा २५ प्रतिशतसम्म छुट दिने गरी सम्झौता भएको अस्पतालका वरिष्ठ प्रबन्धक अभिषेक रोशनले जानकारी दिए। जनरल ओपिडी कार्डमा २५ प्रतिशत, प्याथोलोजी जाँचमा २० प्रतिशत, आँखाको मोतीबिन्दु (१० हजारसम्मकोमा) २० प्रतिशत छुट दिने सम्झौता भएको छ।

सगरमाथा चौधरी आँखा अस्पताल लहानले मधेस प्रदेशमा कार्यरत सशस्त्र प्रहरी परिवारलाई उपचारमा छुट दिने भएको छ।

नाक, कान, घाँटी सेवामा २० प्रतिशत छुट उपलब्ध गराउने, आँखाको अन्य शल्यक्रिया (रेटिना, कोर्निया, ग्लुकोमा, अकुलोप्लास्टि) सेवामा १० प्रतिशत छुट दिने उल्लेख छ। पूर्व सशस्त्र प्रहरी र उनका आश्रित परिवारको हकमा मधेस प्रदेशभित्र नजिकका सशस्त्र प्रहरी कार्यालयले प्रमाणित गरेको सिफारिसको आधारमा छुट उपलब्ध हुने उल्लेख छ।

पारिवारिक आर्थिक अवस्था नाजुक रहेका कर्मचारी र उनका परिवारको हकमा दुवै पक्षको आपसी सहमतिमा सम्झौतामा उल्लेख भएको छुटभन्दा थप छुट सेवा उपलब्ध गराउन सकिने उल्लेख छ। सम्झौता पत्र हस्ताक्षर गर्दै अस्पतालका अध्यक्ष चौधरीले भने, ‘राष्ट्र र नागरिकको सुरक्षामा खटिने सशस्त्र प्रहरीकर्मीलाई सेवा गर्ने अवसर प्राप्त हुँदा गर्व महसुस भइरहेको छ। हामीले मधेस प्रदेशबाट सुरु गरेको यो अभियान देशव्यापी बनोस् भने चाहना छ। सशस्त्र प्रहरी उपरीक्षक प्रमोद भारतीले भने, ‘एक त यस अस्पतालको उपचार सेवा अन्यको तुलनामा सस्तो छ, त्यसमा पनि थप छुट दिएर अस्पतालले सेवा भावको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। यस उदारताका लागि अस्पतालका अध्यक्ष र प्रशासकलाई धन्यवाद दिन चाहन्छु।’

सशस्त्र प्रहरी निरीक्षक रमेश पाण्डेका अनुसार केही महिनाअघि यस अस्पतालमा कानको शल्यक्रिया गराउन आउँदा अस्पतालको सेवाबारे अनुभूति गरेको बताए। ‘यस अस्पतालमा सस्तो मूल्यमा आधुनिक र विशिष्टतम उपचार सेवा अनुभूति गरेँ,’ उनले भने, ‘यहाँको उपचार सेवा र व्यवहारबाट प्रभावित भएँ।’

पारिवारिक आर्थिक अवस्था नाजुक रहेका कर्मचारी र उनका परिवारको हकमा दुवै पक्षको आपसी सहमतिमा सम्झौतामा उल्लेख भएको छुटभन्दा थप छुट सेवा उपलब्ध गराउन सकिने उल्लेख छ।

पाण्डे कानको उपचार गराएर फर्केपछि आफ्ना हाकिमहरूसँग यस अस्पतालको सेवाबारे भोगाइ साझा गरेका थिए। आँखा, कान र घाँटीको उपचारमा चर्को मूल्य खर्च गर्न बाध्य आफ्ना सहकर्मी र परिवारलाई सस्तोमा विशिष्टतम उपचारका लागि उनले पहल सुरु गरे। अस्पताल पक्ष पाण्डेको आग्रह स्वीकार गरेपछि दुवै पक्षबिच उपचार छुटमा सम्झौता भएको हो।

मधेस प्रदेशमा करिब ५५ सय सशस्त्र प्रहरी कर्मचारी छन्। पूर्व कर्मचारी र उनका परिवार गरी करिब १० हजारले यो सम्झौताबाट उपचार लाभ पाउने निश्चित भएको छ। यस अस्पतालले अन्धोपन निवारणको क्षेत्रमा देशमा मात्र नभई विश्वमै अब्बल आँखा अस्पतालमा दर्ज छ। शल्यक्रियाको आधारमा यो अस्पताल विश्वकै दोस्रो ठुलो आँखा अस्पतालमा गनिन्छ।

अहिले यस अस्पतालले स्थानीय तहसँगको सहकार्यमा अन्धोपन निवारणका लागि घरघर पुग्दै छ। खर्च अभाव, समय अभाव वा अन्य कारणले अस्पतालसम्म आउन नसक्ने बिरामीलाई दैलोमै पुगेर आँखा जाँच र उपचार उपलब्ध गराउँदै छ।

सप्तरीको बोदेबरसाइन नगरपालिका, सिरहाको लहान नगरपालिका, नवराजपुर गाउँपालिकाले गाउँ÷नगर क्षेत्रमा मोतीबिन्दु भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गराइदिने भएको छ।

मधेस प्रदेशमा करिब ५५ सय सशस्त्र प्रहरी कर्मचारी छन्। पूर्व कर्मचारी र उनका परिवार गरी करिब १० हजारले यो सम्झौताबाट उपचार लाभ पाउने निश्चित भएको छ।

यी पालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँग आँखा उपचार तथा मोतीबिन्दु भएका बिरामीको शल्यक्रियाका लागि सम्झौता गरेको छ। यी पालिकाहरूलाई मोतीबिन्दु मुक्त पालिका बनाउने उद्देश्यसहित आँखा जाँच तथा उपचारलाई प्राथमिकतामा राखी अघि बढेको अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले बताए।

सम्झौता अनुसार मोतीबिन्दुको शल्यक्रियामा पालिकाका बिरामीले अस्पताललाई शल्यक्रिया बापतको रकम भुक्तानी गर्नु पर्दैन। सम्झौताअनुसार पालिकाले आफ्ना क्षेत्रमा बसोबास गरिरहेका मोतीबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गराइदिने भएको हो। मोतीबिन्दुको शल्यक्रियाका लागि चाहिने लेन्सलगायत सामग्रीको न्यूनतम मूल्य दुई हजार पाँच सय रूपैयाँ सम्बन्धित पालिकाले अस्पताललाई उपलब्ध गराउने गरी सम्झौता भएको छ। बिरामीलाई अस्पतालसम्म ल्याउने र डिस्चार्जपछि घर पु¥याउने यातायात खर्चको व्यवस्थापन अस्पतालले गर्ने गरी सम्झौता भएको छ।  

‘यो सम्झौताले नगर क्षेत्रका विशेषतः गरिब, दलित, विपन्न, ज्येष्ठ नागरिक र असहायहरूलाई बढी फाइदा पुग्नेछ। मोतीबिन्दुबाट हुन सक्ने अन्धोपन रोक्न पालिकाहरूको सम्पूर्ण वडामा विभिन्न सचेतनामूलक कार्यक्रमसहित आँखा जाँच शिविर सञ्चालन गरिन्छ। शिविरमा पहिचान गरिएका मोतीबिन्दुका बिरामीलाई आँखा अस्पताल ल्याएर निःशुल्क शल्यक्रिया गरिन्छ।’ सगरमाथा चौधरी आँखा अस्पतालका वरिष्ठ प्रबन्धक रोशनले अन्धोपनको मुख्य कारक मोतीबिन्दु देखिएको बताए।

सम्झौता अनुसार मोतीबिन्दुको शल्यक्रियामा पालिकाका बिरामीले अस्पताललाई शल्यक्रिया बापतको रकम भुक्तानी गर्नु पर्दैन।

‘अस्पतालमा आँखा उपचारका लागि आउने आँखाका बिरामीमध्ये अधिकतरमा मोतीबिन्दु देखिएको छ र बाँकी अन्य समस्या भएका बिरामी हुन्छन्,’ रोशनले भने। ‘समयमै उपचार गराउँदा पहिले झैं देख्न सकिने तर उपचार नपाए अन्धोपनको जोखिम बढी भएकाले पछिल्लो समय स्थानीय तहसँगको समन्वयमा घरघर पुगिरहेका छौं। स्थानीय तहहरू पनि अन्धोपन निवारणको प्रभावकारिता बढाउन हामीसँग हातेमालो गरिरहेको उनको भनाइ छ।

यसअघि सगरमाथा चौधरी आँखा अस्पतालले यस प्रदेशका पत्रकारहरूको पनि निःशुल्क आँखा जाँच गरेको थियो।  

प्रकाशित: ७ जेष्ठ २०८० ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App