१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

‘बुस्टर डोज’ खोप लगाउनेको संख्या न्यून

फाइल तस्बिर

कञ्चनपुरमा कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्यून छ। जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहीबारदेखि ‘बुस्टर डोज’ खोप अभियान सुरुआत गरेको थियो। खोप लगाउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए।

भारतबाट नेपाल फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेपछि कोभिडविरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो तर खोप अभियानका सहभागीको संख्या न्यून रहेको उनले बताए। ‘खोप लगाउनेको संख्या धेरै कम छ। पहिलो डोजपछि धेरै मानिस खोप लगाउन आएनन’, उनले भने,‘अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको  धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौं।’

अहिले ५५ वर्षमाथिका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने संख्या न्यून रहेको बताए। ‘हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ।’

उनले भने, ‘शनिवारसम्म करिब एक हजार पाँच सयले मात्रै खोप लगाएका छन् यो न्यून हो’, उनले सोमबार खोप अभियानको अन्तिम दिन भएकाले संख्या बढ्न सक्ने बताए। ‘हामीले गाउँगाउँमा माइकिङ समेत गरेका हौं’, उनले भने, ‘यसपटक बुस्टर डोज लगाउन न्यून मानिस आए।’

भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्रराज जोशीले पनि पालिकामा १० हजार डोज खोप आए पनि खोप लगाउने मानिसको संख्या धेरै कम रहेको बताए। ‘पहिलोपटक खोप लगाउँदा भ्याईनभ्याई थियो। अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ’, उनले भने, ‘सबै वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध छ लगाउन आउनेको संख्या न्यून छ।’

कार्यालयका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ। कार्यालयको तथ्यांक अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्र कोभिडविरुद्धको खोप लगाएका छन्। जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्।

त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन् भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन्। पहिलो मात्रापछि खोप लगाउनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

प्रकाशित: २० चैत्र २०७९ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App