coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

यसरी जोगिनुहोस मुटु रोगबाट

मुटुरोग पछिल्लो समयमा घातक र भयावह बन्दैछ। यो रोग मुख्यतया दुई किसिमका हुन्छन्, एउटा जन्मजात र अर्को बाथ मुटु रोग।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक तथा मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि अधिकारी जन्मजात हुने मुटुरोगमा बच्चा जन्मदै मुटुमा प्वाल हुने गरेको बताउँछन्। र, अहिले जन्मजात शिशुमा मुटुमा समस्या भए नभएको हेर्न मिल्छ। तर के कारणले शिशुमा समस्या देखियो भन्ने थाहा पाउन नसकिने उनको तर्क छ।

शिशुमा जन्मजात मुटुरोग लाग्न नदिन गर्भवती आमाले के गर्न हुदैन न त? डा. अधिकारी भन्छन, ‘गर्भ अवस्थामा जथाभावी औषधी प्रयोग गर्न हुदैन। सुर्ती, चुरोट, जाँड/रक्सीको सेवन गर्न हुदैन। र, विकिरणबाट बच्नुपर्नुपर्छ।’

उनका अनुसार जन्मजात शिशुको मुटुमा प्वाल भएको पत्ता लगाउन गर्भवती भएको आमाले १८ हप्तादेखि २५ हप्ताभित्र शिशुको मुटु जाँच गर्न सक्छन्। त्यतिबेला प्वाल भए नभएको पत्ता लगाउन सकिन्छ।

अर्को बाथ मुटु रोग भने अशिक्षा, गरिबी र जीवनस्तर राम्रो नभएका ठाउँहरुमा धेरै भएको डा. अधिकारी बताउँछन्। शहरी क्षेत्रमा नगन्य संख्यामा रहेको ग्रामीण क्षेत्रहरुमा बाथ मुटुको रोगको समस्या धेरै देखिएका छ। सर्वसाधारणको कमाई बढेसँगै उनीहरुको जिवनमा पनि धेरै परिवर्तनहरु भइरहेका छन्। पहिले पहिले आफ्नै खेतबारीका अन्नपातमा निर्भर हुन्थे भने हिजाआज बाहिरी बजारिया खानेकुराप्रति आकर्षण बढदै गएको छ । ती खानेकुरा घरमा खेतबारी फलेका र घरमा पकाइएका भन्दा बढि लाभदायक हुदैनन। ‘यसले गर्दा पनि मुटुसम्बन्धि समस्याहरु देखिन थालेका हुन’, डा. अधिकारी भन्छन्।

उनका अनुसार सहरी क्षेत्रका सर्वसाधारणहरुमा स्वास्थ्य परिक्षण गर्ने बानी ग्रामिण क्षेत्रको तुलनामा बढि देखिएको छ। यसले गर्दा सहरी  क्षेत्रमा यो समस्या घट्दै गएको डा.अधिकारी बताउँछन्। तर ग्रामीण क्षेत्रमा मुटु रोगीहरु कति छन भन्नेबारे अहिलेसम्म विस्तृत अध्ययन नभएको उनको ठहर छ। ‘ग्रामिण क्षेत्रको एकिन तथ्याङक छैन’, डा.अधिकारीले भने।

उनका अनुसार यीसँगै मुटुमा देखिने समस्यामा अर्को हृदयघात पनि हो। यो बढ्दो क्रममा छ। हृदयघातबाट युवाहरु सबैभन्दा बढि जोखिममा छन्। जीवनशैलीमा आएको परिवर्तन, सुर्ती र चुरोटको बढी सेवन, उच्च रक्तश्राव, मधुमेह, उच्च कोल्डस्टोर, चिन्तायुक्त जीवनशैली बिताउने, बोसोयुक्त खाने कुराहरु धेरै सेवन गर्ने र मोटोपनका व्यक्तिमा हृदयघातको संभावना धेरै रहन्छ।

‘यस्ता मान्छेहरु धेरै सचेत हुन आवश्यक छ’, डा.अधिकारीले भने। उनका अनुसार हृदयघातबाट बच्नका लागि नियमित व्यायम गर्नुपर्छ। आफूले सेवन गरिरहेका औषधिहरु नियमित गर्ने, सुर्ती र चुरोटको सेवन नगर्ने, बोसोयुक्त खानेकुरा कम खानुपर्छ । यसले गर्दा व्यक्तिको वजन पनि उमेर र उचाई अनुसार ठीक हुन्छ।

पछिल्लो समय जीवनशैलीसंगै खानेकुरा पनि परिवर्तन हुँदा हृदयघात हुने समस्या बढेको उनी बताउँछन्। मध्यपानसँग हृदयघातको सिधा सम्बन्ध नभएपनि प्रभाव भने पर्ने डा.अधिकारीको भनाइ छ।

उनी भन्छन्, ‘मध्यपानकै कारणले हृदयघात हुने भन्ने हुँदैन। तर प्रभाव भने पार्छ। मध्यपान गर्नेहरुलाई उच्च उक्तचाप हुनसक्छ, सुगर हुनसक्छ, मध्यपान सेवनले चिन्ता बढाउन सक्छ । यी कारणहरुले फेरी हृदयघात हुन सक्छ। हृदयघातसंग मध्यपानको अप्रत्यक्ष सम्बन्ध छ।’ 

डा. अधिकारी भन्छन, ‘त्यसैले बर्षको एकचोटी मुटुको परीक्षण गरौं। मुटुमा आउन सक्ने जटिल समस्याबाट जोगियौं।’

प्रकाशित: २७ माघ २०७९ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App