१७ माघ २०७९ मंगलबार
स्वास्थ्य

पेट साफ सब ठिकठाक

पेट खाएका कुरा भण्डारण र पाचन गर्ने शरीरको अंग हो। त्यसैले पेट खराब छ भने खाएको खानेकुरा पचाउन सकिँदैन। खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तŒवको अभाव हुन्छ। कमजोर पाचनतन्त्रका कारण खानेकुरा पचाउनमा मात्र समस्या हुने होइन, शरीरको प्रतिरोधी प्रणाली पनि गडबड हुन्छ। यसले गर्दा शरीरमा विषाक्त पदार्थ बढ्छ र शरीर अस्वस्थ हुन पुग्छ। अनि पेट गडबड हुने, उकउक हुने, दुख्ने, कब्जियत हुने, पूरा दिसा नहुने, पखला लाग्नेजस्ता अनेक किसिमका समस्या देखा पर्छन्। जबकि पेट सफा र स्वस्थ छ भने शरीर मात्र होइन, मनमस्तिष्कसमेत निरोगी हुन्छ। शरीरमा चुस्ती–स्फूर्ति आउँछ।  

राति मस्तसँग गाढा निद्रा लाग्नु, बिहान उठेपछि आरामसँग एकैपटकमा पेट सफा हुनु र दिनभरि चुस्त–पूmर्त रहनु नै स्वस्थ मन र शरीरको संकेत हो। त्यसैले पेटको समस्यालाई नजरअन्दाज गर्नुहँदैन। तर हिजोआज अधिकांश व्यक्ति पेटको रोगबाट पीडित छन्। ग्यास्ट्राइटिस, एसिडिटी र पेट दुख्ने समस्या अहिले सामान्य बनेको छ। पेटका यस्ता समस्या लामो समयसम्म चलिरहे गम्भीर रोगका लक्षण हुन सक्ने कुरामा पनि ध्यान दिन जरुरी छ। लामो समयसम्म पेट खराब भइरहेमा पेप्टिक अल्सर हुन सक्छ। यस समस्यालाई ध्यान नदिएमा पेटमा ब्लिडिङ इन्फेक्सन (रगत बग्ने) र क्यान्सरको आशंका बढ्छ।

पेट खराब हँुदा पेटको तल्लो भाग दुख्न थाल्छ। यस्तो अवस्थामा रोग्र प्रतिरोध क्षमता कमजोर हुन्छ, जसमा आन्द्राको रोगको खतरा बढेर जान्छ। लामो समयसम्म पेट बिग्रिरहने भएमा हेमोरोइड्स अर्थात् मलद्वारका रक्तनलीहरू सुनिने समस्या जस्तै : पाइल्स, फिसर तथा फिस्टुला हुन सक्छ। पाचन प्रक्रिया गडबढ भएपछि पखाला चल्ने समस्या उत्पन्न हुन्छ। लामो समयसम्म पेटमा खराबी उत्पन्न भएमा पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ। यस्तो अवस्थामा कब्जियत हुन सक्छ। पेटमा खराबी भएमा पेटको तल्लो भागमा दुखाइ र ज्वरो आउने हुन्छ। उमेर बढ्दै जाँदा यसको खतरा पनि बढ्दै जान्छ। पेट खराब भएपछि आवश्यकभन्दा बढी एसिड बन्न थाल्छ। लामो समयसम्म एसिड (अम्ल) रहिरहेमा ग्यास्ट्रिक रिफ्लेक्सको समस्या हुन थाल्छ।

धेरैलाई अचम्म लाग्न सक्ने कुरा के हो भने पेटमा अर्को पनि मस्तिष्क छ। जसलाई सेकेन्ड बे्रन भन्ने गरिन्छ। लगभग १० करोड स्नायुकोषले बनेको यो सानो सेकेन्ड बे्रन (इन्टेरिक नर्भस सिस्टम, छोटकरीमा इएनएस) निकै स्मार्ट र इन्टेलिजेन्ट छ। यो बे्रन पाचनप्रणालीको नियमन तथा नियन्त्रण गर्न उत्तरदायी हुन्छ। यही सेकेन्ड बे्रनले नै भोक–तिर्खा लागेको तथा अघाएको सूचना बिग बे्रनकहाँ पठाउने गर्छ। वास्तवमा सेकेन्ड बे्रन र बिग ब्रेनले दोहोरो ट्राफिकका रूपमा कार्य गर्छन्। त्यसैले पेटमा कुनै समस्या पैदा भएको खण्डमा मस्तिष्क अनि पूरा शरीर नै प्रभावित हुन्छ।  

सेकेन्ड ब्रेनले ३० भन्दा बढी स्नायु रसायन प्रयोग गर्छ। ९५ प्रतिशत सेरोटोनिन त सेकेन्ड बे्रनमा नै हुने गर्छ। स्नायुकोषका साथै सेकेन्ड बे्रनमा १०० अरबभन्दा बढी ब्याक्टेरियाले घर बनाएर बसेका हुन्छन्। जसले मानिस जन्मेदेखि नै हरेक क्षण मानिसको व्यवहारमा प्रभाव पार्छन्। पाचन प्रणाली केवल शारीरिक स्वास्थ्यका लागि महŒवपूर्ण नभएर मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै महŒवपूर्ण हुन्छ। त्यसैले पेट ठिक छ भने मुड पनि ठिक हुन्छ। वास्तवमा मानसिक स्वास्थ्यमा पेटले महŒवपूर्ण भूमिका निभाउँछ।  

यसबाट मानसिक समस्या केवल मनमस्तिष्कसँग मात्र सम्बन्धित हुँदैन, पेटसँग पनि सम्बन्धित हुन्छ भन्ने स्पष्ट हुन्छ। त्यसैगरी मनमस्तिष्कमा पैदा हुने विचार तथा भावनाले पेटमा प्रभाव गर्छ। अधिकांश पेटका रोग जस्तैः अपच, अम्लपित्त तथा ग्यास्ट्राइटिस आदि तनाव, चिन्ता तथा डिप्रेसन आदिका कारण पैदा हुन्छ।  

बढी मानसिक चिन्ता, तनाव, उद्धेग तथा शोक आदि मानसिक विकारले एसिडिटीजस्ता पेटका रोग बढाउन सहयोग गर्छ। ईष्र्या, द्वेष, क्रोध, तनाव, व्यग्रता, अतिचिन्ता यस्ता मनोविकार हुन्, जसले पाचन प्र्रणालीलाई प्रभावित पारेर आमाशय स्थित ग्यास्ट्रिक ग्लैन्डलाई बढी उत्तेजित बनाई बढी एसिड पैदा गर्न सहयोग गर्छ। अर्को कुरा मानसिक कारणले नभई गलत आहारविहारका कारण पेटको समस्या देखा परेको छ भने पनि त्यसले बैचनी, चिन्तातथा चिडचिडापन जस्ता मानसिक समस्या पैदा गर्न सक्छ।  

मानिसमा लाग्ने रोग साधारणतया शारीरिक र मानसिक गरी दुई किसिमका छन्। रोग लागेका अधिकांश मानिस जतिसुकै राम्रा औषधि सेवन गर्दा पनि रोगबाट पूर्णरूपमा छुट्कारा प्राप्त गर्न सकिरहेका हुँदैनन्। औषधि सेवन गर्दासम्म उनीहरूलाई लाभ हुन्छ अनि फेरि जस्ताको तस्तै। यसको मूल कारण रोगको मनोवैज्ञानिक पक्षलाई नजरअन्दाज गर्नु हो। पेटका रोग बढाउनमा मनोवैज्ञानिक कारणको निकै ठुलो भूमिका रहन्छ किनभने पेटको समस्या केवल पेटसँग मात्र सम्बन्धित नभएर मनमस्तिष्कसँग पनि सम्बन्धित हन्छ। जस्तो कि एसिडिटी मानसिक चिन्ता र तनावले पनि पैदा हुन्छ। ठिक समयमा खाना नखाने तथा उचित भोजन एवम् शारीरिक व्यायाम आदि नर्गनाले पनि उत्पन्न हुन्छ। यहाँ हेक्का राख्नु पर्ने कुरा के हो भने ठिक समयमा पथ्य भोजन नगर्ने, व्यायाम आदि गर्न आलस्य गर्ने कुरा सिधै मनमस्तिष्कसँग सम्बन्धित हुन्छ। त्यसैले मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरीकन पेटका रोगबाट छुट्कारा प्राप्त गर्न सकिँदैन। त्यसैगरी कतिपय मानिस औषधि खाँदा पनि मानसिक रोगबाट ठिक भएका हुँदैनन्। यसको कारण पेट हुन सक्छ। त्यसैले चिकित्सकले रोगको उचार गर्दा मन र शरीरलाई ध्यान दिनुपर्छ। बिग बे्रन र सेकेन्ड बे्रन दुवैलाई ख्याल गर्नुपर्छ। वास्तवमा उपचार होलिस्टिक हुनुपर्छ।

मानिसको स्वास्थ्यमा पेट अर्थात् पाचन प्रणालीको महŒवपूर्ण भूमिका रहन्छ। पाचन प्रणाली स्वस्थ भएको खण्डमा पूरा शरीर नै स्वस्थ रहन्छ। पेटलाई स्वस्थ र मजबुत बनाउन उचित आहारबिहारको आवश्यकता पर्छ। खाली पेट चियाकफी पिउनाले धेरै मानिसलाई पेटको समस्या देखा पर्छ। त्यसैले बिहान उठ्नेबित्तिकै खाली पेट चिया होइन, एकदुई गिलाँस पानी पिउनुपर्छ। पानी एसिडलाई साम्य पार्ने एक महŒवपूर्ण पदार्थ हो। त्यसैले दिनभरिमा २ लिटर पानी पिउने बानी बसाल्नुपर्छ। नरिवल पानी तथा एलोबेराको जुस पनि एसिडिटीजस्ता पेटका लागि निकै उत्तम मानिन्छ। पेटको समस्याबाट छुट्कारा पाउन चियाकफी छोड्नुपर्छ। जानकारीका लागि यहाँ सेवन गर्न नहुने (अपथ्य) र सेवन गर्न हुने (पथ्य) पदार्थहरू उल्लेख गरिएको छ।  

वेसन तथा मैदाका परिकार, कचौडी पकौडी, जेरीपुरी, हलुवा, समोसा, पिज्जा, बर्गर, डोसा, इडली, चियाकफी, कोल्डड्रिंक्स, मासको दाल, चना, अडहरको दाल, गरम मसला, बैगुन, आलुगोपी, अमिलोपिरो, अचार, बढी चिल्लो, पिरो र मसलेदार परिकार, दही, धुमपान, मद्यपान, निकै तातो र बासी पदार्थ, बढी खाना अपत्थ खाद्यअन्तर्गत पर्छन्। त्यसैगरी बेठीक समयको खाना, हतार हतारमा राम्रोसँग नचपाईकन खाने खाना, खानासँग खाइने पानी, जंकफुड, फास्टफुड हानिकारक मानिन्छ। मानसिक तनाव, क्रोध, शोक, आलस्य, अनावश्यक कामको बोझ, समाजिक निस्क्रियताजस्ता बानी पनि हानिकारक छन्।

चोक्करयुक्त आटाको रोटी, रेसादार, पत्तावाल तथा हरियो सागसब्जी, लौका, परवल, फर्सी, काँक्रो, चौलाइ, पालुंगो, दलिया, खिचडी, अनार, किसमिस, मुनक्का, मुङको दाल, गुलियो तथा चिसो पदार्थ, पेठा, अमला तथा स्याउको मुरब्बा पथ्य खाद्यपदार्थ हुन्। शुद्ध, ताजा तथा ठिक समयको खाना, आरामले राम्रोसँग चपाएर खाने बानी, विश्राम, सकारात्मक सोच, प्रेमपूर्ण जीवन, बिहानको हिँडाइदौडाइ, योग, ध्यान, व्यायाम, खेलकुद, सामाजिक सक्रियताजस्ता क्रियाकलाप स्वास्थ्यका लागि वरदानसाबित हुन्छन्।

अतः पेट तथा पाचन प्रणाली स्वस्थ भए खाएपिएको पदार्थ राम्रोसँग पच्छ, शरीरमा लाग्छ। मानिस सम्पूर्ण रूपमा स्वस्थ हुन्छ। त्यसैले पेटको महत्वलाई बुझौं र स्वस्थ जीवन बाँचौं।  

प्रकाशित: ७ माघ २०७९ ०८:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App