८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

अस्पतालबाट डिस्चार्ज भए वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। शुक्रबार दिउँसो ललितपुरको सुमेरु अस्पतालबाट डिस्चार्ज भएकाे अस्पतालले जनाएकाे छ।  

उनी रोल्पाको रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा सहभागि हुन् पुगेका थिए। त्यहाँ उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि गत महिना हेलिकप्टरमा काठमाडौं ल्याएर ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको थियो।

आज मात्रै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले उनलाई अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका थिए।  स्वास्थ्यमा समस्या देखिएपछि उनले केही समय पहिले चीनको एक अस्पतालमा स्वास्थ्य उपचार गराएका थिए। 

प्रकाशित: ६ माघ २०७९ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App