१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बुस्टर डोजको लागि छैन खोप

भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेकै बेला आवश्यक बुस्टर डोज र एक मात्रा पनि खोप नलिएको जनसंंख्यालाई खोप लिन अपिल गरेकै बेला सरकारले भण्डारणमा रहेको ४० लाख खोप भने अन्योलमा परेको छ। छ महिनाअघि नै कोभ्याक्स सुविधाअन्तर्गत चीनमा उत्पादन भएको साइनोभ्याक नामक ४० लाख खोप न प्रयोग गर्ने र नगर्ने बारेमा अन्योल सिर्जना भएको खोप विज्ञहरूले जनाएका छन्।  

खोप प्रयोग गर्ने या नगर्ने भन्ने कुरामा अन्योल भएपछि परिवार कल्याण महाशाखाले छलफलको लागि राष्ट्रिय खोप सल्लाहाकार समिति अर्थात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सुझाव माग गरेको छ। राष्ट्रिय खोप सल्लाहाकार समितिका संयोजक तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले खोपको प्रयोग गर्ने या फिर्ता पठाउने भन्ने विषयमा बैठक बसिनसकेको बताए। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखा खोप भण्डारण शाखाका प्रमुख सुरेन्द्र चौरासियाले हाल रहेको साइनोभ्याकको ४० लाख खोप केन्द्रीय र प्रदेशका भण्डारणमा रहेको र प्रयोग गर्ने या फिर्ता पठाउने भन्नेबारेमा निर्णय गर्न समितिमा प्रस्ताव पठाएको जानकारी दिए।  

परिवार कल्याण महाशाखाका खोपशाखा पूर्वप्रमुख डा. झलक गौतमका अनुसार चीनको सिनोभ्याक कम्पनीको खोप ठूलो उमेर समूहमा मात्र प्रयोग गर्न मिल्ने खालको छ। नेपालमा धेरैजसो जनसंख्याले पहिला नै कोभिडसिल्ड, भेरोसेल, फाइजर र जोनसोनको खोप लिइसकेको छन्। यी खोप लिएकाहरूले पनि केहीले मिल्ने खोप समूहका खोपहरू बुस्टर डोजको रूपमा लिइसकेका छन्।  

सिनोभ्याकको खोप ठूलो उमेर समूहमा मात्र लगाउन मिल्ने र बुस्टर डोजको रूपमा प्रयोग गर्न नमिल्ने र बालबालिकामा प्रयोग गर्न मिल्ने खालको छैन। नेपालमा १२ वर्षमुनिका वालवालिका खोप लगाउन बाँकी छन्। एक मात्रा मात्र खोप लिएको जनसंख्या कम रहेको र ती संख्यामा मात्र यो खोप खपत हुने स्थिति, बुस्टर डोजको लागि प्रयोग गर्ने गरी व्यवस्थापन हुने या नहुने विषयमा आंकलन नगरी यो खोप ल्याइएको कारण अहिले अन्योल सिर्जना भएको डा. गौतमको तर्क छ। ‘मुख्य कुरा खोप व्यवस्थापन निकायले योजनाबिना नै कोभ्याक्सको खोप भित्राएको देखिन्छ, यसले अन्योल सिर्जना भयो,’ उनले भने।  

सल्लाह गरेर मात्र कोभ्याक्सको खोप लिएको भए १२ वर्षमुनिका बालबालिकामा प्रयोग गर्न मिल्ने र अन्य कम्पनीका खोप लिन मिल्ने स्थिति रहे पनि खोप व्यवस्थापनमा सरकार चुकेको उनको आरोप छ। भारतमा कोरोनाको जोखिम बढेपछि सरकारले तीन डोज लिएर ६ महिना पुगेका र दोस्रो डोज लिएर ६ महिना पुगेका नागरिकलाई खोप लगाएर कोरोना संक्रमणबाट सुरक्षित रहनको लागि अपिल गरेको छ। हाल नेपालमा सिनोभ्याकको बाहेक २ लाख ८० हजार ७ लाख ६८ हजार खोप देशभरिका भण्डारणमा छन्।

प्रकाशित: १२ पुस २०७९ ०२:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App